अवैध रुपमा विषादी अनाधिकृत प्रयोगकर्तालाई रु डेढ लाख ५० सम्म जरिवाना

Posted on: 03 Jan, 2019

 पुस १९, काठमान्डौ (रासस) | कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अवैध रुपमा प्रयोग अवैध रुपमा प्रयोग गरिने विषादीको प्रयोग र चोर बाटाबाट विषादी ल्याउने कार्यलाई रोक्न आवश्यक रहेको बताउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, '२०७५’ प्रस्तुत गर्दै उहाँले विषादीको अनियन्त्रित रुपमा हुँदै आएको प्रयोगलाई रोक्न विद्यमान कानूनलाई संशोधन गर्न विधेयक ल्याइएको जानकारी दिनुभयो । 

विषादी अनाधिकृत प्रयोग गर्नेलाई रु ५० हजारदेखि एकलाख ५० हजारसम्म जरिवाना गर्न सकिने विधेयकमा व्यवस्था गरिएको मन्त्री खनालले बताउनुभयो । यसअघि बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । 

प्रतिनिधिसभाको आजैको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत ग¥यो । यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमाथि भएको सैद्धान्तिक छलफल छ सदस्यले भाग लिनुभएको थियो । छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले कतिपय ऐनलाई सङ्घीयता र संविधानअनुरुप बनाउनु पर्ने भएको हुँदा त्यसलाई व्यवस्थापन गर्न विधेयक ल्याइएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्काे बैठक यही पुस २२ गते अपराह्न १ बजे बस्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!