कपुरकोटका किसानलाई मिनि टिलर वितरण

Posted on: 21 Feb, 2019

फागुन ९, सल्यान । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन सल्यानको कपुरकोट गाउँपालिकाले किसान समूहलाइ मिनि टिलर वितरण गरेको छ ।

५० प्रतिशत अनुदान र ५० प्रतिशत रकम किसान समूहले ब्यहोर्नेगरि खेतबारि जोत्ने मेसिन (मिनि टिलर) वितरण गरिएको गाउँ पालिकाको कृषि शाखाले जनाएको छ । गाउँपालिकाभित्रका ६ वटा किसान समूहलाइ एक एक वटाको दरले मिनी टिलर वितरण गरिएको हो ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले किसानलाई मिनी टिलर हस्तान्तरण गरेका थिए । कृषिमा आधुनिकीकरण र यान्त्रीकरण गर्न किसानलाई मिनी टिलर वितरण गरेको उनले बताए ।

‘हामी अझै पनि खेतबारी गोरुबाट जोत्दै आएका छौं’, अध्यक्ष सेनले भने, ‘अब कृषिमा आधुनिकीकरण गर्न जरुरी छ । हाम्रो ठाउँमा ठूला ट्याक्टरले जोत्न सम्भव छैन । त्यसैले यस वर्ष ६ थान मिनी टिलर वितरण गरेका छांै ।

हरेक वडाबाट आवेदन संकलन गरी वास्तविक किसानलाई मिनी टिलर वितरण गरिएको उनले बताए । बाँझो जमिनबाट उत्पादन लिन मिनी टिलर सहयोगी हुने अध्यक्ष सेनको विश्वास छ । गत वर्ष पनि किसानलाइ मिनि टिलर वितरण गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!