'अरवले त नेपाललाई पैसा दिएको छ तर अन्य देशले त नेपालसँग लुटिरहेका छन्'

Posted on: 01 Apr, 2019

चैत १८, काठमाडौँ | दैनिक हजार भन्दा बढी युवाहरु नेपालमा रोजगारी तथा व्यवसाय सम्भावना नभएको भन्दै बैदेशिक रोजगारीमा जाने गरेका छन् । तर काठमाडौँको बसुन्धारा स्थित जन्मिएका प्रदीप गिरि भने अष्ट्रेलिया र कतार एएरवेजको जागिर समेत छाडेर नेपालमै कृषि उद्द्मी बन्ने सपना सहित सनकिष्ट एग्रीकल्चरल ग्रुप नामक कम्पनी खडा गरि ठूलो महत्वाकांक्षा सहित काम गर्दैछन् । 

झन्डै १० महिना अघि नेपाल फर्केका गिरिले आफूजस्तै अन्य ६ जना साथीहरुसँगको सहकार्यमा कम्पनी संचालन गरिरहेका छन् । उनि सहकारीमा पनि आवद्ध छन् । हरेक महिनाको २ पटकसम्म बैठक बसेर कार्य सम्पादनको महत्वपूर्ण बिषयमा छलफल गर्दै त्यसै छलफललाई व्यवहारमा उतार्छन । गिरि पछिल्लो समय काठमाडौँको बजारमा भारतबाट आयात हुने खसीको निर्यातलाई चुनौती दिदै जाने उध्यश्यले देशका बिभिन्न स्थानमा आफै पुगेरै खसी ल्याई काठमाडौँको बजारमा बिक्रि गर्ने काम गरिरहेका छन् । तर यो उनको दिर्घकालिन लक्ष्य भने होइन । उनिहरुको कम्पनीले देशको कृषि क्षेत्रमा गन्यमान्य स्थान लिने सोच बनाएर काम सुरु गरेको छ । अहिले गिरीले बिशेष गरि हिमाली तथा पहाडी भेगका खसी ल्याई बिक्रि गर्ने गरेको बताउँछन् । 


बिदेशी निर्यातलाई रोकेर आफ्नो देशको पैसा आफ्नै देशमा रोक्न सके मात्र देशले काचुली फेर्छ भन्ने सोच राखेर काम गर्दै गरेका प्रदीप आफूजस्तै अन्य युवाले सक्रिय रुपमा स्वदेशमै काम गर्ने हो भने छिमेकी वा तेश्रो मुलुकबाट हुने आयात घटाउन सकिने बताउछन । मुलुकबाट खसी लगायत नेपाललाई चाहिने अन्य अत्यावश्यक वस्तु आयातमा नभई आफ्नै देशलाई आत्मनिर्भर बन्नमा केन्द्रित हुनुपर्छ भन्ने कुरा उनले आफूजस्तै अन्य युवालाई पनि पाठ सिकाउछन् । उनको देशसँग लिने अधिकार भन्दा बढी देशप्रति आफूले गर्ने कर्तव्यले महत्व राख्छ भन्ने सोच निकै सकारात्मक र अनुकरणीय छ  । 

देश-विदेशको हण्डर ठक्कर खाएर नेपालमै सम्भावना छ भन्ने सोच लिदै काम सुरु गरिसकेका गिरी र उनको जाँगर त्यसमा पनि काठमाडौँ जस्तो ठाउँमा अन्यले घर भाडामा लगाएर त्यहि भाडाले परिवार धानिरहेका बेला उनको घरमा भने बाख्राको खोर बनाइएको छ । अरुको घर भन्दा कम छैन उनको घर तर पनि उनले अरुलाई भाडामा दिएर बसीबसी घरभाडा लिएर बस्नुभन्दा पनि ठूलो कृषि उद्धमी बन्ने सपना लिएर काम गर्दै गरेको देख्दा जो कोहि पनि अचम्मित हुन्छन् नै  । त्यसमा पनि उनले देखाएको राष्ट्रभाव र युवाहरुको कर्तव्य बोध चानचुने छैन । 

प्रदीपको अर्को अनुकरणीय कुरा के पनि छ भने उनले राज्यबाट केहि लिएका छैनन् तर पनि राज्यलाई नकारात्मक आँखाले हेरेका छैनन् । हामीले लिएको अन्तर्वार्ता भरि उनले देशको सकारात्मक पक्षको मात्र कुरा गरे  । उनको अभिव्यक्तिमा कहिँ कतै राष्ट्रप्रति गुनाशो देखिएन । अरु युवाले झैँ यो देशमा केहि सम्भावना छैन भनेर पनि उनले भनेनन् बरु हामीले केहि गर्यो भने मात्र देश/विदेशले आफ्नो सम्मान गर्ने भन्दै नैतिक पाठ सिकाएका छन् । उनीसँग गरेको कुराकानी तलको भिडियोमा हेर्न सकिन्छ  ।

उनले खाडी र मलेसियाले नेपाली युवालाई आफ्नो देशमा रोजगार दिएर नेपालको रेमिट्यान्स क्षेत्रमा ठूलो प्रभाव पारेको बताए तर अमेरिका, अष्ट्रेलिया जस्ता देशले नेपालबाट बिभिन्न नाममा देशका युवा सहित पैसा पनि लगेको बताए  ।

अहिले पहिलो चरणमा उनको कम्पनीले बाख्रा पालन तथा मासु व्यापारको काम गरिरहेको छ  । बिभिन्न जिल्लाबाट खसी ल्याई उनले काठमाडौँमा बिक्रि गर्ने काम गरेका छन् । एकै पटक ठूलो उद्धमी बन्न नसके पनि बिस्तारै-बिस्तारै आफ्नो कामको क्षेत्रलाई फराकिलो बनाउदै लैजाने प्रदीपको सोच छ । 

आफ्नो देशमा उत्पादन भएको उपभोग्य बस्तु त्यसै खेर जाने वा नबिक्ने डरले कृषक हतोत्साहित भईरहेको अवस्थामा प्रदीप जस्तै युवाहरुले यसरीनै काम गर्ने हो भने केहि हदसम्म देशले बिभिन्न उपभोग्य वस्तुमा गर्दै गरेको आयातलाई घटाई आफ्नो देशको पैसा आफ्नै देशमा जम्मा गर्दै समृद्ध बन्न सकिन्छ भन्ने संदेश दिन्छ । विदेशबाट निर्यात बिस्तारै आफ्नो कामलाई व्यवस्थापन गर्दै काठमाडौँ सहित सातै प्रदेशमा आफ्नो कम्पनीले काम गर्ने उनको सपना छ । 

सरकार र राजनीति बारे निकै सकारात्मक सोच राख्ने गिरिको कामप्रति हाम्रो समेत ध्यानाकर्षण भएपछी हामीले उनको काम तथा बिबिध बिषयलाई जोडेर यो अन्तर्वार्ता तयार पारेका हौँ | यो अन्तर्वार्ता प्रदीपकै बाख्रा फार्म (खोर) मा बसेर लिईएको हो ।

भिडियो हेर्नुहोस्  


यस बिषयमा तपाइको प्रतिक्रिया...!