फलेवासमा आयोजित मेलाको तयारी तिब्र,पर्यटनमन्त्री भट्टराई फलेवास आउँदै

Posted on: 25 Nov, 2019


पर्वत– पर्वतको फलेवास नगरपालिका–६ देविस्थानमा फलेवास नगरमै पहिलो पटक आयोजना गरिएको बृहत मेलाको तयारी तिव्र पारिएको छ । सामजिक क्षेत्रमा क्रियाशिल यूनाईटेड स्पोर्टसले मंसिर १९ देखी २९ गतेसम्म ‘बृहद फलेवास व्यापारिक, कृषि खेलकुद तथा साँस्कृतिक मेला २०७६’ को आयोजना मेलाको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ ।

 ‘कला, संस्कृति, खेलकुदको संरक्षणमा सबैको साथ स् हाम्रो अभियान समृद्ध फलेवास’ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको क्लवले पर्वतको डिकुवादेखी मालढुङगा हुँदै, कुश्मा र फलेवास नगरपालिकाका सबै वडामा पोष्टर टाँसेको छ ।त्यस्तै महाशिला, पैयु, बिहादी गाउँपालिकाका मुख्य चोक र बजार क्षेत्रमा पोस्टर टाँस्ने काम सम्पन्न गरिएको क्लवका सचिव अनुप श्रेष्ठले जानकारी दिनुभयो ।  फलेवास नगरपालिकामा पहिलो पटक आयोजना गर्न लागेको सो मेलालाई अन्य मेला भन्दा पृथक बनाउन लागिएको सचिव श्रेष्ठको भनाई छ ।

स्थानीय कला र बस्तुको पहिचान तथा प्रदर्शनीका लागि मेलाले महत्वपूर्ण योगदान दिने तथा नगरपालिकाका ११ ओटै वडाहरु सहित पर्वत र छिमेकी जिल्ला बागलुङमा रहेको कला, उत्पादन र संस्कृतिलाई मेलामा देखाउन लागिएको क्लवका अध्यक्ष अच्चुतकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

मेलामा कृषि उत्पादनको प्रदर्शनी, झाँकी प्रदर्शनी, जनजातिका मौलिक गीत तथा नाच, स्थानीय उत्पादन, रमाइलो मेला, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक तथा हास्य प्रस्तुतीहरु रहने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।  देवीस्थानको माझीचौरमा आयोजना गर्न लागिएको मेलामा भण्डै १५० ओटा स्टल रहने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!