सिरहामा खडेरीको प्रबल सम्भावना, १५ प्रतिशत जमिनमा मात्र धान रोपाई

Posted on: 16 Jul, 2016


राम नारायण पंडित/साउन १, सिरहा । सिरहामा यस बर्ष खडेरी पर्ने प्रबल सम्भाबना रहेको छ । अकाशे भरमा खेती गर्ने परम्परा रहेकोले समयमा बर्षा नभएपछि खेतियोग्य जमिनमा रोपाई नहुँदा सिरहामा खडेरी पर्ने देखिएको छ । असारको अन्त्यसम्मा मात्र १५ प्रतिशत रोपाई भएको छ । 


सिरहामा अहिलेसम्म ९ हजार १ सय १३.५५ हेक्टर खेतियोग्य जमिनमा मात्र धान रोपाई भएको छ । समयमा बर्षा नभएकोले अहिलेसम्म मात्र १५ प्रतिशत खेतियोग्य जमिनमा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्राविधिक सहायक भोगेन्द्र यादवले बताए । 


सिरहामा कुल कृषियोग्य जमिनको क्षेत्रफल ७३ हजार ९ सय १३.५ हेक्टर रहेको छ, जसमध्ये धान उत्पादन हुने खेतीयोग्य जमिन ६० हजार ७ सय ५७ हेक्टर रहेको यादवले बताए । अकाशे पानीको भरमा खेती गर्ने प्रणाली तराई मधेशमा अहिले पनि कायमै रहेकोले सिरहा सहित मधेशमा खडेरी पर्ने सम्भावना देखिएको छ । 


“समयमा वर्षाको पानीले साथ नदिए पनि नहरको पानीले धान रोपने आश गरे तर त्यस्तो भएन्” एक किसानले भने “न त समयमा नहरको पानी खुल्यो न त वर्षाको पानीले साथ दिए ।” यस सन्दर्भमा हर्दिनाथ कमला सिचाई डिभिजन व्यवस्था कार्यालय पोर्ताहा धनुषाका सूचना अधिकारी गोपाल मिश्रसंग कुरा गर्दा उनले आज (बिहिबार) देखि नहर खुलेको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!