काठमाडौंको माछापोखरी–तरकारी बजार र बसपार्क क्षेत्रमा परीक्षण, १५ जनाको RDT पोजेटिभ

Posted on: 17 May, 2020

जेठ ४, काठमाडौं । काठमाडौंको माछापोखरी–तरकारी बजार र बसपार्क क्षेत्रमा कोरोना परीक्षणलाई तिव्र पारिएको छ । आइतबार सो क्षेत्रमा १७२ जनाको पिसिआर र ४२० जनाको आरडिटी विधिद्वारा कोरोना परीक्षण गरिएको छ । बसर्पाक क्षेत्रमा तरकारी पसल गरेर बस्ने सिन्धुपाल्चोककी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि सो आसपास क्षेत्रमा परीक्षणलाई तीब्र पारिएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २६ र १६ अन्तर्गत पर्ने सो क्षेत्रका तरकारी पसले, ट्राफिक प्रहरी र बाहिरबाट आएकाहरुको कोरोना परीक्षण गरिएको हो । परीक्षणपछि १५ जनामा आरडिटी पोजेटिभ आएको कामनपा १६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिएक छन् । 

आरडिटी परीक्षणमा पोजेटिभ देखिएकाहरुको पीसीआर परीक्षणका लागि पठाइएको उनले बताए । पीसीआर नतिजा आएपछि मात्रै उनीहरुमा कोरोना संक्रमण भए–नभएको आधिकारिक पुष्टि हुने जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!