२ सय ५० विभिन्न प्रजातिका विरुवाहरु रोपियो

Posted on: 21 Jul, 2016

प्रभात सुवेदी । साउन ६, बर्दिया । जिल्ला सदरमुकामबाट करिव ४ किलोमिटरको दूरीमा रहेको एक मात्र शव दाह स्थल र मुक्तिनारायण भादा घाटमा रहेको परिसरमा आज विभिन्न प्रजातिका २ सय ५० प्रजातिका विरुवाहरु रोपिएको छ ।

मुक्तिनारायण भादा घाट व्यवस्थापन समितिको अगुवाईमा गरिएको यस कार्यक्रमको समुद्घाटन प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले पीपलको विरुवा रोपेर गर्नुभएको हो । धार्मिक तथा वैज्ञानिक दृष्टिकोणले निकै नै महत्वपूर्ण मानिएको वर तथा पीपलको विरुवा रमेश गौतमले उपलब्ध गराउनुभएको हो । 

घाटको परिसरमा रोपिएका विरुवाहरुमा लिप्टिस, सागुन, निम, बकाइना, वेल लगायतका प्रजातिहरु रहेका छन् । कार्यक्रम मुक्तिनारायण भादाघाट व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद श्रेष्ठको संयोजकत्वमा सम्पन्न गरिएको हो । वृक्षारोपण कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, समाजसेवी, बुद्धिजिवी, धार्मिक अभियान्ता, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । 

घाटको दिगो व्यवस्थापन तथा भादा नदीले गर्न सक्ने संभावित नदी कटानलाई रोक्न तथा पर्यावरणीय दृष्टिकोणले निकै नै महत्वपूर्ण कार्य भएकोले लगाइएका विरुवाहरुको संरक्षणका लागि विशेष सुरक्षा र व्यवस्थापन गरिनु पर्ने आवश्यकता रहेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!