बाख्रापालनबाट आयस्तरमा सुधार

Posted on: 23 Jul, 2016

दानबहादुर बुढा | साउन ८, मुगु | जिल्ला स्थित फोतु गाविस वडान ५ का ४१ बर्षिय नन्दबीर नेपालीको गोठमा २० वटा बाख्रा छन् । पहिले एउटा पनि बाख्रा नभएका नन्दबीर २० वटा बाख्रा पाल्न पाउँदा सार्है खुशी छन् । 

जनकल्याण ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र मुगुको सामाजिक परिचालन र गरिबी निबारण कोषको आर्थिक सहयोगमा गठन भएको हिमाली महिला सा स बाट बि स २०६८ सालमा नन्दबीरले २५ हजार ऋण लिए बाख्रापालन ८ वटा बाखा्र किनेर उनले बाख्रापालन गरेका थिए ।

हरेक बर्ष बाख्रा ब्याउदै गएपछि आजभोली उनको गोठमा २० वटा बाख्रा भएको छ । बाख्रा पालन बाट उनले धेरै फाईदा गरेका छन् ।  अहिले सम्म उनले ८ वटा खसी बिक्री गरि सकेका छ । उक्त खसी बेचेर नन्दबीर करिव ३५ हजार भन्दा माथि पैसा कमाउन सफल भएका छन् । 

समुहबाट लिएको २५ हजार ऋण पनि सबै तिर सकेका छन् । उनको जमिन जग्गा कम भएको हुदा बाख्रा बेचेर अनज किन्दै जिविको निर्बाह गर्दै आएका छन् । बाख्रा बेचेर कमाएको केही पैसाले घरका बालबच्चा पढाउने लत्ता कपाडा जुत्ता चप्पल किन्ने गरेका छन् । 

गरिबी निबारण कोषले मलाई धेरै उत्थान गरयो नन्दबीरले भने पहिले मेरो गोठमा एउटा पनि बाख्र थिएन अचेक २० वटा छन् । नन्दबीरले भने सबै बाखा्र बेच्यो भने कम्तीमा डेढ लाख पैसा कमाई हुन्छ अरु ब्याबसाय छोडेर बाख्रा पालनतिर लाग्ने उनको भनाई छ । 

बाख्रा राख्ने गोठपनि आधुनिक बनाएका छन् । बेला बेला बाख्रा लाई औषधि उपचार खुरेदको सुई पनि लगाउने गरेका छन् । बाख्रापालनले गर्दा उनको कमाई राम्रो भएपनि गाउका अन्य समुदाय पनि उनी प्रति आक्रसित भएका छन् । उन्नत बाख्रा उत्पादनको लागि छिमेकी जिल्ला हुम्लामा पुगेर एउटा बोका पनि आफै किन्न सफल भएका छन् । 

उनले किनेर ल्याएको बोका बाट पनि उन्नत जातका बाख्रा उत्पादन हुन थालेका छन् । बाखा्रपालन बाट आयआर्जनमा परिर्वतन मात्र नभएर गोठे फल उत्पादन हुदा बाली पनि सप्रिन थालेको छ । पहिले गोठेमल अर्का संग माग्दै आएका उनी आजकाल गोठमल आफनो जग्गा जमिनमा हालेर बा“की रहेको मल गाउलले लाई सहयोग गर्दै आएका छन् । गरिबी निबारण कोष कार्यक्रमले गर्दा गरिब तथा बिपन्न परिवारको जिवनस्तरमा परिवर्तन आएको जनकल्याण ग्रामिण बिकास तथा अनुसन्धानका अध्यक्ष पदमबहादुर रावलले बताए ।             


यस बिषयमा तपाइको प्रतिक्रिया...!