आजभोलि निकै खुशि छन्, मुगुका मोतीसिंह दमाई

Posted on: 23 Jul, 2016

दानबहादुर बुढा | साउन ८, मुगु | जिल्ला कार्किबाडा गाबिस वडा नं. २ भामबावाडा गाउँमा बस्दै आईरहेका ४३ बर्षिय मोती सिंह दमाई आज भोली निकै खुसी देखिन्छन । ८ बर्ष पहिले बाजा बजाउने, अर्काको हलिया जाने कुमारो गई बालबच्चा पाल्न उनलाई धौ–धौ थियो । 

गरीबी निबारण कोषको आर्थिक सहयोग र जनकल्याण ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र मुगुको सहजीकरणमा त्रिशक्ती सामुदायिक संस्था मार्फत २०६२ सालमा आयआर्जनको कार्यक्रम मार्फत उनलाई एउटा भैसी बितरण गरिएको थियो ।

हालसम्म उनले उक्त भैसीबाट जन्मिएका पाडा बेचेर ५० हजार रुपैया बैंकमा जम्मा गरेका छन । हाल दुई वटा भैसी चराउदै खुसी साथ जिवनयापन गर्दै आएका मोती  सिङ दमाई २ छोरा १ छोरी र श्रीमती साथ हांसी खुसी देखिन्छन् । दुध, दहि  र घ्यू नजिकको बजारमा बेचेर बालबच्चाको शिक्षा, स्वास्थ्य र घर खर्चको ब्यबस्था गर्दै आईरहेको उनले ब्यक्त गरे । 

उनले हाल दुई वटा दुनु भैसी बाट मासिक १५ हजार बचत हुने गरेको बताउछन् । उनको भबिष्यको योजना ५ वटा भैसी पाल्ने ,सधै दही दुध खाने र बेच्ने सपना रहेको छ । र आफ्ना छोराहरुलाई भैसी पालनमा लाउने ब्यवसायिक योजना रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!