सहस्रधारामा पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड फेरी अवरुद्ध

Posted on: 23 Sep, 2020

पर्वत – मंगलवार साँझदेखि लगातार परेको बर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ ।

पर्वतको कुस्मा नगरपालिका वडा नं. १ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातीदेखिनै सडक अबरुद्ध बनेको हो । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।


मंगलवार साँझदेखि यस क्षेत्रमा ठुलो वर्षा भैरहेको छ । वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो ।


वाटो सुचारु गर्नका लागि स्काभेटर बालाईएको वर्षा रोकिएमा दिउँसो सम्ममा सुचारु हुने उहाँले जानकारी दिनुभयो ।


सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाण्डौका लागि छुटेका सवारीसाधनहरु रातीदेखिनै मालढुंगामा अलपत्र बनेका छन् । अघिल्लो साताको आइतबारदेखि सो ठाउँमा निरन्तर पहिरो झरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!