फल्नेबेलाको धान मर्न थालेपछि किसान चिन्तित

Posted on: 07 Oct, 2020


 महेन्द्र केसी, पर्वत । पर्वतमा पसाउने बेलाको धान मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।   पहाडी भेगका सिफरीस नभएको जातको धानको बीउ   स्थानीय व्यपारीले  विक्रि गर्दा मोदीका किसानहरुले लगाएको सयौं रोपनी खेतको  धानमा अहीले पहेँले र सिन्दुरे रोग देखा परेका हो । 

 धेरै फल्ने उत्पादन बढी हुने  प्याकेटको विज्ञापनको अधारमा रोपेको धान  फल्नेबेलामा रोग लागेर मर्न थालेपछि किसान चिन्तित भएका हुन् । वर्णशंकर  जातको  युयस  ३ सय १२ धानको बीउ लगाउँदा किसान मारमा परेका हुन ् 

मोदी गाउँपालिकाका वडा नं २, ३ र ५ मा धानमा रोग देखिएपछि किसान चिन्तित बनेका हुन ।

गाउँ पालिकाका अनुसार १० हेक्टर जमिनमा लगाइएको धानबालीमा रोग देखा परेको हो

मोदी गाउँपालिकासहित जिल्लाका कुश्मा नगरपालिका, फलेवास नगरपालिका,  विहादी   पैयुँ गाउँपालिकामा पनि धानमा रोग देखा परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!