नवलपरासीको सुगर मिलको फोहोर पानीबाट सयौ किसानले लगाएको धान बाली नष्ट

Posted on: 05 Aug, 2016

रबिन्द्र यादव/साउन  २१, नवलपरासी । नवलपरासीको दक्षिणी भेगका किसानहरुले लगाएका धानबाली सुगर मिलको फोहोर पानीले नष्ट भएका छन् । जिल्लामा रहेका चार मिल मध्ये इन्द्रा सुगर मिल गंगापुर र वाग्मती खाडसारी सुगर मिल कुडियाले आ आफ्नो मिलको फोहोर पानी कंगली र चुर्निया खोलामा ढल निकास गरेकोले वरिपरि किसानले लगाएको हजारौं बिगहा धानबाली नोक्सान भएको छ । 


साथै लामखुट्टेको विगविगी भएको छ । दुबै सुगर मिलको वरिपरि रहेका गुठी परसौनी, कुडिया, नर्सही, पक्लिहवा, प्रतापपुर लगायतका गाउँ विकास समितिहरुको किसान र स्थानियहरु प्रभावित भएका छन् । किसानले लगाएको धानमा फोहोर पानी पसे पछि पुरै बाली कालो भई सुक्ने गरेको किसान राजमंगल भेडिहारले बताउनु भएको छ । वहाको डेढ बिगहा लगाएको पुरै धानबाली नष्ट भएको छ । गुठी परसौनी र नर्सही गाविसले पटक पटक मिल लाई फोहोर दुर्गन्धित पानीको ढल निकासको विकल्प खोज्न र व्यवस्थापन मिलाउन पत्रचार समेत गर्दा सुगर मिलले बेवास्ता गर्दै आएको गुठी परसौनी गाविसका सचिव घनश्याम ज्ञवालीले साझासबाल लाई बताउनु भएको छ । 


यसैगरी यही अषाढ २० गते गुठी परसौनी गाविस स्तरिय बैठकले दुबै मिललाई सम्बोधन गरि फोहोर र दुर्गन्धित पानीको व्यवस्थापन मिलाउन वोधार्थ जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय नवलपरासी लाई पत्राचार गरि सकेको छ तर अहिले सम्म कुनै सम्बन्धित निकाय बाट केही जानकारी न आएको सचिव ज्ञ्वाली बताउनु भएको छ । 

सुगर मिलको फोहोर र दुर्गन्धित पानीले वरिपरिका स्थानीयहरुमा स्वास्थ्यमा प्रत्यक्ष असर पारी रहेको छ । अहिले मिलको फोहोर पानीले लामखुट्टे लार्भाको वृद्धि भई तिनको टोकाइ बाट मलेरियाका बिरामी संख्या बढेको चिकित्सक बताउ छन ।

एकातिर किसानको बाढीले धानबाली नष्ट गर्यो भने अर्को तिर सुगर मिलले गरेको छ । खोला पालिएका माछा समेत मर्ने गरेका छन । गाईवस्तु खोलानालाको पानी पिउदा समेत बिरामी परेका पशुपालन किसानहरुको भनाई छ । दुबै मिलले गुठी परसौनी वार्ड नम्बर ७ पिपरपाती खोला ढल निकास गरेकोले गुठी परसौनी गाविसको किसानहरु बढि मर्कामा परेका छन् । 

किसानको गुनासो मिलले न सुनेपछि करिब ७० भन्दा बढि हस्ताक्षर सहित किसानहरु अल्सगिर हजामको नेतृत्वमा ५० भन्दा बढि बिगहा धानबालीको क्षतिपूर्ति माग गर्दै साउन १९ गते जिल्ला प्रशासन कार्यालय मा ज्ञापन पत्र बुझाएका छन । क्षतिपूर्ति माग गर्दै ज्ञापन बुझाएको मध्ये ४५ भन्दा बढि अति गरिब र दलित समुदायको रहेका छन । 



यसैगरी नर्सही गाउँ विकास समिति का किसानहरु पनि क्षतिपूर्ति माग गर्दै ज्ञापन पत्र नवलपरासी जिल्ला प्रशासन लाई बुझाउने बताएका छन । यश क्षेत्रका किसानहरुको हरेक बर्ष दुर्गन्धित पानीले धानबाली नोक्सान हुँदै आएको छ तर सम्बन्धित निकाय मौन बस्दै आएको छ । किसानहरुको समस्या र क्षतिपूर्ति दिलाउन सबै सरोकारवालाहरुको ध्यान जाओस । प्रमुख जिल्ला अधिकारी महादेव पन्तले  मिल मालिक र किसानहरुलाई बोलाएर छलफल गराउने बताएका छन




तस्बिर क्याप्सनः प्रमुख जिल्ला अधिकारी लाई बुझाएको ज्ञापन पत्र र धानबाली नष्ट तथा खोलाको दुर्गन्धित पानी र गाविसले जिविस र प्रशासन कार्याललाई पत्र

यस बिषयमा तपाइको प्रतिक्रिया...!