नवलपरासीको कुबेर सहकारीले गर्यो एक हजार विरुवा बृक्षारोपण

Posted on: 13 Aug, 2016

रबिन्द्र यादव/ साउन २९, नवलपरासी । नवलपरासीको भुजहवा २ मा रहेको कुबेर बचत तथा ऋण सहकारी संस्थाले आज ठूलो खरेटवा-९ बर्दघाटे मा रहेको कालिका मन्दिर परिषद भित्र एक हजार बिरुवा बृक्षारोपण गरेको छ । 


संस्थाको अध्यक्ष योगेन्द्र बानियाको अध्यक्षतामा बृक्षारोपण भएको थियोे । बृक्षारोपण कार्यक्रममा संस्थाका सचिव युवराज मौर्या, कोषाध्यक्ष पशुपति तिवारी, व्यवस्थापक लक्ष्मण कोईरी, गिता चौधरी, बृजभान कुशवाहा लगायतको सहभागीता रहेको थियोे यस्तै सहिद विष्णु निम्न माध्यमिक विद्यालय नर्सही ८ मा पनि बृक्षारोपण गरिएको छ । 


सो बृक्षारोपण कार्यक्रममा नर्सही प्रहरी चौकीका इन्चार्ज बेचन प्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज कोहार, प्रअ दिनानाथ यादव र बिद्यार्थीहरुको सहभागिता रहेको थियोे ।


यसरी नै जन जागृति उच्च माध्यमिक विद्यालय गुठी परसौनी मा पनि पाच सय विरुवा बृक्षारोपण गरिएको शिक्षक अगंद यादवले साझासवाल लाई बताउनु भएको छ । बृक्षारोपण कार्यक्रममा विद्यालय व्यवस्थापक समिति का अध्यक्ष बच्चा राजभर, प्रअ बाबुराम सुवेदी, शिक्षक विद्यार्थीहरुको सहभागीता रहेको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!