किसान क्रेडिट कार्ड वितरण शुरु

Posted on: 11 Jul, 2021

असार २७, वाग्मती (रासस) । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्ष गरी  ‘किसान क्रेडिट  कार्ड’ वितरण शुरुआत गरेको छ । साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखिएको छ । 

यसरी पहुँच कम पुगेका साना किसानका लागि विनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन र कृषि व्यवसायका लागि रु दुई लाख प्रदान गरिने जनाइएको छ । सहकारीको व्यवस्थापन र समूह जमानतमा विभिन्न वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने गाउँपालिकाको योजना छ ।

नेपाल बङ्गलादेश बैंक लिमिटेड, आरएण्डी इनोभेटिभ सोलुशन प्रालि, मकवानपुरगढी र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौतानुसार  किसान कार्ड लिएका किसानले न्यूनतम ब्याजमा रु दुई लाख प्राप्त गर्न सक्नेछन् ।  

पहिलो  चरणमा  आठ महिला र १७ पुरुष किसानलाई किसान कार्डमार्फत  सो रकम प्रदान गरिने छ । तिनले विनाधितो सहुलियत ब्याज दरमा कृषि कर्जा पाउने छन् । गाउँपालिकाभित्र किसानको सङ्ख्या ८०० पुर्याइने लक्ष्य गाउँपालिकाको  छ ।

सार्वजनिक पुस्तकालय स्थापना

जिल्लाका विभिन्न तीन स्थानमा सार्वजनिक पुस्तकालय स्थापना गरिएको छ । पठन संस्कृतिको विकास गर्न पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरता तथा सहयोगमा मकवानपुरको बकैया गाउँपालिका–४ मा बकैया ,  हेटौँडा– ७ नागस्वतीमा समृद्ध पुस्तकालय र हेटौंडा –६ मा शान्ति पुस्तकालय स्थापना भएको हो । 

स्थानीय टोल विकास संस्थाले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी एक महिनाको अवधिमा तिनै  स्थानमा  पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालय अभियान समूहको अग्रसरता तथा सहयोगमा तीन वटा पुस्तकालय स्थापना भएका छन् । 

यसैबीच सबैभन्दा पछिल्लो पटक बकैया गाउँपालिका–४ मा बकैयामा पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालय अभियान समूहले बकैया सार्वजनिक पुस्तकालय स्थापनाका लागि रु ५० हजार बराबरका १५१ थान पुस्तक हस्तान्तरण गरेको हो ।

पुस्तकालय अभियान समूहका सदस्य नरेन्द्र भण्डारी र बकैया सार्वजनिक पुस्तकालयका सदस्य गोविन्द चौलागाईंबीच हस्तान्तरणको कागजात आदानप्रदान गरिएको छ । बकैया सार्वजनिक पुस्तकालयका लागि किशोर पराजुली, श्याम मुडभरी, गोविन्द चौलागाई, दीपक गौतम, सुवास खड्का, शरण बानियाँ, हरेराम आचार्य, किशोरकुमार दङ्गाल, एसके निधन र राम मङ्ग्रातीले जनही रु पाँच हजारका दरले योगदान गरेका छन् ।  

प्रदेश सरकारलाई  अक्सिजन सिलिण्डर सहयोग 

वाग्मती प्रदेशभित्रका कोभिड–१९ सङ्क्रमितका उपचारमा सघाउ पु¥याउने उद्देश्यले एसटिसी  गुप्रले प्रदेश सरकारलाई दुई सय थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अक्सिजन सिलिण्डर र दुई सय थान रेगुलेटर उपलब्ध गराइएको गु्रपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!