अर्गानिक जिल्लामा रसायानिक बिषादि प्रयोगले धान कुहिने समस्या

Posted on: 03 Sep, 2016


नन्दराम जैशी | भदौ १८, जुम्ला | नेपालको पहिलो अर्गानिक जिल्ला जुम्ला सिंजा क्षेत्रका किसानहरुले धानबालिमा रसायानिक बिषादि ब्युटाक्लोर प्रयोग गर्दा फल्ने बेलमा धान कुहिने रोगको समस्या देखिएको छ । 

सिंजा क्षेत्रको शनिगाँउ गाविस १ धितालिहिका किसानले धान बालिमा ब्युटाक्लोर प्रयोग गर्दा धान कुहिने रोगको समस्या देखिएको हो । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार शुक्रबार शनिगाँउ गाविसको धिताललिहि, गोरा र मोफ्लामा अवस्थीत ३० रोपनि धान बालिमा स्प्रे गर्दा ब्युटाक्लोर प्रयोगले धानको गाँठ कुहिने समस्या देखिएको छ । त्यँहाका किसानले कृषि विकास कार्यालयमा धानमा ब्लाष्ट रोग लागेको खबर गरेपछि कार्यालयका प्राविधिक सहायक मोहनसिंह महतको नेतृत्वमा गएको टोलिले स्प्रे गर्दा यस्तो समस्या भेटिएको हो ।

प्राविधिक सहायक मोहनसिंह महतले भन्नुभयो, कार्यालयले बाराम्बार ब्युटाक्लोर प्रयोग नगर्न किासनलाइ आग्रह गरेपनि किसानले सुचनाको अटेर गरी आफ्नो मनोमानि धानमा ब्युटाक्लोर प्रयोग गर्दा धानको गाँट कुहिने समस्या देखिएको हो । हामीले खेतमा प्रत्यक्ष स्प्रे गर्दा खेतमा जुन रोपनि अनुसार हाल्नु पर्ने ब्युटाक्लोर भन्दा किसानले धान फल्ने र झारपात नष्ट हुने हल्लाको पछि लागेर धेरै मात्रामा ब्युटाक्लोर प्रयोग गरेकाले धान पसाउन नपाउदै कुहिने समस्या देखिएको छ, महतले बताउनुभयो ।

यता किसानहरुले बर्षभरी मेहनत गरेर गरीएको धानखेति बालुवामै पानि खन्याएझै भयो भनेर दुख ब्यक्त गरेका छन् । खेतमा लगाएको धान नफल्ने स्थीतिमा पुगेपछि किसानहरुले चिन्ता ब्यक्त गरेका हुन् । जिल्ला कृषि विकास कार्यालयले किसानलाइ कुहिएको धान जरैदेखि उखेलेर खाडलमा गाड्न आग्रह गरेको छ । यदि जरैदेखि नउखेलिएमा पुन अरु धानमा पनि रोगको संक्रमण हुनेसक्ने बताइएको छ । यस्तै धापा गाविसको ओसिबाडामा पनि यस्तै समस्या देखिएको स्थानियले बताएका छन् ।   

जुम्ला १४ औ जिल्ला परीषदबाट नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा भैसकेको छ । अर्गानिक जिल्लामा यसरी जथाबाभि रसायानिक बिषाधि प्रयोगले धान बालिमा देखिएको समस्याले सबै सरोकारवाला निकाय पनि चिन्तीत भएका छन् । विभिन्न निकायद्धारा रसायानिक बिषादि प्रयोग नगर्न बाराम्बार सुचना तथा जनचेतना मुलक कार्यक्रम गरीएपनि किसानले लुकिछिपि बिषादि प्रयोग गर्दा किसान आफै धरापमा परेका हुन् । भने यस्तो गलत कार्यले जिल्लाको पहिचानमा पनि आँच आएको छ । नेपालकै पहिलो अर्गानिक जिल्ला जुम्लाको पहिचना जोगाउन बिषादि प्रयोगले होईन जटिबुटिजन्य प्रांगारीक मलले बालि उत्पादन गर्नु पर्दछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!