कृषि गतिबिधी |


तरकारीमा परनिर्भर कर्णाली, भारतबाटै वर्षेनी ७० प्रतिशित आयात

Posted on April 04, 2019 | views : 2084 |

चैत २२, सुर्खेत | कर्णाली प्रदेशमै कृषिजन्य वस्तुको न्युन उत्पादनले भारतीय तरकारी तथा फलफुलले बजार हिस्सा ओगटेको छ । कृषि क्षेत्रमा सरकारले अर्वौंको कार्यक्रम सञ्चालन गर्दा पनि कर्णाली निर्यातभन्दा आयातमुखीमा आत्मनिर्भर बनेको हो । सुर्खेतमा रहेको कृषि बजार स्थलले वार्षिक ९५ करोडको कारोवार गर्दै आएको

Read More

'अरवले त नेपाललाई पैसा दिएको छ तर अन्य देशले त नेपालसँग लुटिरहेका छन्'

Posted on April 01, 2019 | views : 2698 |

चैत १८, काठमाडौँ | दैनिक हजार भन्दा बढी युवाहरु नेपालमा रोजगारी तथा व्यवसाय सम्भावना नभएको भन्दै बैदेशिक रोजगारीमा जाने गरेका छन् । तर काठमाडौँको बसुन्धारा स्थित जन्मिएका प्रदीप गिरि भने अष्ट्रेलिया र कतार एएरवेजको जागिर समेत छाडेर नेपालमै कृषि उद्द्मी बन्ने सपना सहित सनकिष्ट एग्रीकल्चरल ग्रुप नामक

Read More

६ महिना देखि कर्मचारी बिहिन पशु कार्यालय

Posted on March 30, 2019 | views : 2147 |

इन्द्र बुढाथोकि | चैत १६, सल्यान | पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नगर पशु सेवा कार्यालय देवस्थल कर्मचारी बिहिन भएको छ ।  गत कार्तिक महिना देखि कार्यालयमा ताला लगाएको छ । भने स्थानीय सरकार बेखबर बनेको छ । कार्तिक महिनामा तत्कालीन नाप्राशा दिल ब पुन सरुवा भएर सिम्तागाउपालिकामा गएको र

Read More

नवलपरासीमा कुखुरा वितरण

Posted on March 29, 2019 | views : 2436 |

रबिन्द्र यादव | चैत १५, नवलपरासी पश्चिम | आमा र नवजात शिशूको स्वास्थ्यमा सुधार ल्याउनका लागि नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा गर्भवती र सुत्केरीलाई बिहीबार कुखुरा वितरण सुरु गरिएको छ ।  गर्भवती तथा स्तनपान गराइरहेका महिला र दुई वर्षभन्दा कम उमेरका बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा

Read More

कृषिबाटै नाम, दाम र इज्जत

Posted on March 28, 2019 | views : 2306 |

चैत १४, घोडाघोडी (रासस) | गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बन्नुभएको छ– कैलालीको घोडाघोडी नगरपालिका–४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो

Read More

मुगुका कृषकद्वारा २० लाखभन्दा बढीको स्वाउका बिरुवा खरीद-बिक्रि

Posted on March 24, 2019 | views : 2272 |

दान बहादुर बुढा | चैत १०, मुगु | बिकट हिमाली जिल्ला मुगुमा राष्ट्रिय सडक सन्जाल जोडिएपछि स्याउको माग बढेको छ । स्याउको माग बढेसँगै मुगुमा स्याउको बिरुवा लगाउने र उत्पादन गर्ने होड नै चलेको छ । कृषकहरुका अनुसार यो बर्ष मात्र मुगुमा २० लाख भन्दा बढीका स्याउका बिरुवा खरिद बिक्रि भएको छ । जिल्लामा रहेका

Read More

२७ महिनाको कतार बसाइले सिकाएको पाठ

Posted on March 21, 2019 | views : 2222 |

चैत्र ७, पर्वत । कुश्मा नगरपालिका १४ आर्थरको जैसीरुम्टाका २८ वर्षीय गणेश पौडेलले २७ महिना कतारमा बिताए । धन कमाउँला र परिवारसँग रमाउँला भन्दै कतार पुगेका पौडेल २७ महिनामै नेपाल फर्र्किए । उनले त्यहाँ गर्ने मेहनत नेपालमै गरे दुई गुणा मुनाफा निकाल्ने सक्ने सोचका साथ नेपाल फर्किएको बताए । अहिले उनको द

Read More

गण्डकी प्रदेशमा कृषि पत्रकारीता तालिम, एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने लक्ष्य

Posted on March 20, 2019 | views : 1805 |

पर्वत । नेपालमै पहिलो पटक कृषि पत्रकारीता तालिम पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । कृषि ब्यवसाय प्रवद्र्धनका लागि सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश , मालेपाटन पोखराको आयोजना र खोज पाठशाला पोखराको सम

Read More

चकलाबन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प छैनः प्रम

Posted on March 17, 2019 | views : 3362 |

चैत ३, विराटनगर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनबमोजिम बाहेकका कुनै पनि काम गर्न सरकारले छुट नदिने बताउनुभएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित फलफूल तथा तरकारी थोक बजार उद्घाटन गर्दै उहाँले चन्दाका नाममा जनतालाई धम्काउने र त्रास देखाउने गतिविधि लोकतन्त्रमा चल्द

Read More

“कृषिमन्त्रि साह भन्छन्, कृषिप्रधान देश भनेर प्रचार गर्नु वाहेक केन्द्रले केही गरेन्”

Posted on March 17, 2019 | views : 3172 |

राम नारायण पंडित | चैत ३, सिरहा | प्रदेश २ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल कृषि प्रधान देशको रुपमा संसारभर परिचित रहेपनि उन्नत कृषिका लागि संघीय सरकारले उचित व्यवस्थापन गर्न नसक्नु दुःखद भएको बताएका छन् । सिरहाको मिर्चैया नगरपालिका ९ धुर्मीबजार स्थित शिवशक्ति क

Read More

चैते धानको रोपाइँ प्रभावित

Posted on March 16, 2019 | views : 3230 |

चैत्र २, राजविराज | सप्तरीमा उचित सिँचाइको व्यवस्था नहुँदा र समयमा वर्षा नभएका कारण यस वर्षको चैते धान रोपाइँ प्रभावित भएको छ ।  किसानलाई यतिबेला चैते धान लगाउने चटारो रहेपनि जिल्लामा सिँचाइको अभावमा अहिले पम्पसेट, विद्युतीय मोटर र वैकल्पिक माध्यमबाट रोप्न बाध्य रहेको हनुमानगर कङ्कालनी नगरपालिक

Read More

प्राथमिकतामा कृषि विकास कार्यक्रम

Posted on March 13, 2019 | views : 1934 |

फागुन २९, नेपालगञ्ज (रासस) | बर्दियाको बढैयाताल गाउँपालिका माछा उत्पादन र व्यावसायिक तरकारी खेतीको मुख्य क्षेत्रका रुपमा चिनिदै आएको छ ।  माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ र व्यावसायिक रुपमा तरकारी खेती पनि हुँदै आएको छ । तर अधिकांश किसान अहिले पनि परम्परागत तरिकाबाट खेती गर्दै आएका छन् ।

Read More

घरमै थन्कियो ‘किसानको अलैँची’

Posted on March 11, 2019 | views : 4259 |

युवराज विष्ट | फागुन २७, भोजपुर | अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको बताएका छन् ।  मूल

Read More

अब जमीन उपयोग गर्न नसक्नेले बैंकमा राख्न पाउने, राखेवापत पैसा पाइने

Posted on March 10, 2019 | views : 1997 |

फागुन २६, काठमाडौँ (रासस) | प्रतिनिधिसभाबाट भूउपयोग विधेयक र विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५ आज पारित भएको छ । प्रतिनिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री मातृका यादवले क्रमशः ती विधेयक पारित गरियोस् भनी प्

Read More

झापाका अधिकांश खोलाका बगरहरूमा लहराउँदै तरकारी

Posted on March 07, 2019 | views : 2458 |

चन्द्रकला भण्डारी | फागुन २३, भद्रपुर (रासस) | झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको हो ।  शिवसताक्षी नगरपालिका–१ स्थित माइखोलाको १९५ बिघा ब

Read More

पाल्पाका चार स्थानमा ‘स्मार्ट कृषिगाउँ’

Posted on March 07, 2019 | views : 1924 |

सुशीला रेग्मी | फागुन २३, बेझाड (रासस) | पाल्पाका चार स्थानमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सांसद कार्यक्रमअन्र्तगत प्रदेश नं ५ का ५२ स्थानअन्तर्गत पाल्पाका चार स्थानीय तहमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुँदैछन् ।  नयाँ सोचका साथ ल्याइएको यस कार्यक्रम सञ्चालनका ल

Read More

गण्डकी प्रदेश सरकारद्वारा उत्पादन वृद्धि गर्न जमीन चक्लाबन्दी कार्यक्रम

Posted on March 06, 2019 | views : 1816 |

फागुन २२, कास्की (रासस) | गण्डकी प्रदेश सरकारले कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमीनलाई एकीकृत गरी सामूहिक खेती गर्ने कार्यक्रम अघि बढाएको छ ।  एक बाली मात्र खेती गरिने जमीनमा चक्लाबन्दीको माध्यमबाट आवश्यक सिँचाइ, मल तथा बीउको व्यवस्थापन गरी कम्तीमा पनि तीन बाल

Read More

कृषि व्यवसायतर्फ युवा आकर्षित

Posted on March 04, 2019 | views : 6642 |

विमलबहादुर विष्ट | फागुन २०, डोटी (रासस) | बिनाब्याजमा रकम पाउन थालेपछि डोटीका युवा कृषि व्यवसायतर्फ आकर्षित भएका छन् ।  सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट बिनाब्याजमा रकम पाउन थालेपछि उनीहरु कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षित भएका हुन् ।  जिल्लाको शिखर नगरपालिका–५ तिजालीका यु

Read More

कृषि क्षेत्रको सुधारका लागि चाक्लाबन्दी खेती आवश्यक

Posted on March 02, 2019 | views : 1122 |

फागुन १८, काठमाडौँ | नेपाली काँग्रेसका प्रमुख सचेतक तथा पूर्व मन्त्री बालकृष्ण खाँडले खेतीयोग्य जग एकीकृत गरी चाक्लाबन्दी खेती गर्नुपर्नेमा जोड दिनुभएको छ । दुई दिनसम्म चलेको साना किसान सम्मेलनको समापन कार्यक्रममा बोल्दै नेता खाँडले कृषि क्षेत्रको उत्पादन बढाउन खण्डित जग्गालाई व्यवस्थित गर्दै एकीकृत

Read More

असिनापानीले दश लाख बढीको तरकारी नष्ट

Posted on March 01, 2019 | views : 1894 |

ध्रुवसागर शर्मा | फागुन १७, गलेश्वर | बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ । राति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो ।  असिना र पानीले बन्दा, काउ

Read More

चितवनमा सुन्तलाको उत्पादन घट्यो

Posted on February 25, 2019 | views : 1712 |

फागुन १३, चितवन । अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन आधा घटेको छ । बोटमा रोग र थन्क्याउने बेलामा वर्षा भए पछि यहाँको सुन्तला उत्पादनमा अस्वभाविक रुपमा कमी आएको हो ।  कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारीअनुसार जिल्लामा यस वर्ष एक हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको

Read More

दूध ‘मास्टर’ले कृषिमा ल्याए परिवर्तन

Posted on February 25, 2019 | views : 1815 |

फागुन १३, नारायणपुर | दाङको गढवा गाउँपालिका–४ का हरि यादवलाई धेरैले दूध मास्टर भनेर चिन्छन् । दीपेन्द्र मावि पर्सेनीमा अध्यापन गर्दै आउनुभएका यादवले व्यावसायिक भैँसीपालन मात्र गर्नुभएको छैन, गाउँका कृषकबाट दूध सङ्कलन गरी बजारसम्म पु¥याउँदै आउनुभएको छ । यादवले गाउँको कृषि क्षेत्रमा परिवर्तन नै ल्याउन

Read More

किसानलाई हाते मिनी ट्रिलर

Posted on February 25, 2019 | views : 1912 |

फागुन १३, सल्यान । कपुरकोट गाउँपालिकाले किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी ट्रिलर हस्तान्तरण गरिएको हो ।  गाउँपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसान समूहले व्यहोर्नेगरी वितरण गरिएको कपुरकोट ग

Read More

अलैँची ‘जोन’ कार्यक्रम प्रभावकारी बन्दै

Posted on February 23, 2019 | views : 2910 |

फागुन ११, भोजपुर | जिल्लामा प्रधानमन्त्री अलैँची ‘जोन’ परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।  अलैँची खेतीमा कृषकको आकर्षण बढी रहेका बेला सो कार्यक्रमले अनुदानसँगै प्रविधिक सहयोग गरेपछि कार्यक्रम प्रभावकारी बनेको हो । सो कार्यक्रमअन्तर्गत जिल्लाका ९८ कृषक समूह तथा कृषि फार्म जोनमा आबद्ध छ

Read More