अर्घाखाँचीमा पनि प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

Posted on: 19 Feb, 2018

फागुन ७, अर्घाखाँची । प्रजातन्त्र दिवस अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । 


सन्धिखर्कमा विहान प्रभातफेरि र प्रबचन कार्यक्रम सम्पन्न भएको छ । पञ्चेबाजा सहितको प्रभातफेरिले सन्धिखर्क र चुत्राबेसीकाे बजार परिक्रमा गरेको थियोे । 

प्रभातफेरि सन्धिखर्ककाे टुडखेलमा गई प्रबचन कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा मन्तब्य राख्ने बक्ताहरुले प्रजातन्त्र र लाेकतन्त्रलाई दिगाे बनाउन सबै लाग्नु पर्ने बताए ।

 

कार्यक्रममा जिल्ला समन्वय समितिका सयोंजक पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल , एमालेका राम बहादुर चाैहान, कांग्रेसका शान्ता भण्डारी, माओवादिका छम कुमारी खनाल लगायतले मन्तब्य राखेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!