राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसीलाई पितृ शोक

Posted on: 08 Jun, 2018

जेष्ठ २५, अर्घाखाँची | राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसीलाई पितृ शोक परेको छ । ८७ वर्षिय उहाँका पिता  ओम बहादुर केसीको आज बिहान ( शुक्रबार ) ६ बजे खाँचीकोट ७ भालुखोलामा रहेको आफ्नै निवासमा निधन भएको हो । 

स्वर्गीय केसीको हिन्दु परम्परा अनुसार गच्छे घाटमा अन्तिम दाहसंस्कार गरिएको छ । छोरा थम्मनले बुवाको पार्थिव शरिरमा दागवत्ति दिनु भएको थियो । केसीको पार्थिव शरिरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य यमलाल पोख्रेलले पार्टीको झण्डा ओडाएर अन्तिम श्रदाञ्जली अर्पण गर्नु भएको थियो । राष्ट्रिय जनमोर्चाका नेता सागर केसी, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, नेकपाका नेता रामबहादुर चौहान, लागयत राष्ट्रिय जनमोर्चाका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ता, पत्रकार लगायतले पार्थिव शरिरमा  फुल तथा टिका अर्पण गरि अन्तिम श्रदाञ्जली व्यक्त गरेका थिए । 

शोक सभामा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल र सचिव वावुराम सुनारले पार्टी अध्यक्ष केसीका बुबाको योगदानको चर्चा गर्दै उहाँको निधले पार्टीलाई क्षति  पुगेको बताएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!