नेविसंघ अर्घाखाँची जिल्लाका बिभिन्न विद्यालयमा संगठन विस्तारमा व्यस्त

Posted on: 17 Dec, 2018

पुष २, अर्घाखाँची | नेपाल विद्यार्थी संघको पुस ९ गते सन्धिखर्कमा हुने अधिवेशनको लागी संगठन विस्तारमा व्यस्त रहेको छ । आज पाणिनी गाँउपालिकामा रहेको कमला मावि पालि, पाणिनि प्राविधिक शिक्षालय चिवेक र कृष्ण मावि मैदानमा नयाँ नेतृत्व चयन गरेको छ ।  

कमला माविमा प्रविन पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय, पाणिनी प्राविधिक शिक्षालय अड्गुरी चिवेकमा शुसिल पौडेलको अध्यक्षतामा २५ सदस्यीय, श्रीकृष्ण मावि मैदानमा भावना पौडेलको अध्यक्षतामा ५५ सदस्यीय नेविसंघ मुल इकाइ समितीको गठन भएको छ । 

कार्यक्रममा मन्तव्य राख्ने नेविसंघका नेताहरुले संगठनको आवश्यक्ता र महत्वबारे प्रकाश पारे । विद्यार्थी आन्दोलनले देशमा थुप्रै किसीमका परिवर्तनहरु आएको भन्दै नेविसंघको इतिहास त्यस्को साक्षि रहेकोे बताए ।

 उनीहरुले विद्यार्थीहरुको हक र हितका लागी लड्ने एकमात्र संघ नेविंसघ भएको बताउँदै नेपालको विद्यार्थी आन्दोलनमा नेविसंघको भुमिका महत्वपुर्ण रहेको बताए ।

कार्यक्रममा नेविसंघका जिल्ला उपाध्यक्ष सुरज रायमाझी, पाणिनी गाँउपालिका अध्यक्ष हिरामणि घिमिरेको अध्यक्षता, विद्यार्थी नेता घनश्याम पौडेलको सञ्चालन र सुरज घिमिरेको स्वागतमा सम्पन्न भएको हो । 

त्यस्तै शितगंगा नगरपालिकाको मन्द्रे मावि सुवर्णखालमा पनि नयाँ नेतृत्व चयन भएको छ । संकर सुनारको अध्यक्षतामा ३१ सदस्यीय मुल इकाइ समितीको गठन भएको छ ।

कार्यक्रममा डिआर वेल्वासे, कुसुम थापा, प्रकाश अधिकारी, दिलिप थापा   लगाएतले विद्यार्थीहरुको हक र हितका लागी नेविसंघ कटिवद्ध रहेने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!