बिबिसी गट ट्यालेन्ट तथा बनभोज कार्यक्रम सम्पन्न

Posted on: 10 Jun, 2018

जेठ २७ अर्घाखाँची | बिबिसी ईङ्गलिस ल्याङवेयज तथा कम्प्युटर सेन्टर सन्धिखर्क २ मसाल बजार अर्घाखाँचीले शनिबार सन्धिखर्कको बलेबाङ्गमा बिबिसी गट ट्यालेन्ट सो तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । 


शिक्षक हरी मिलन पाण्डेको सन्चालन र ईङ्गलिस ल्याङवेयज सेन्टरका प्रकाश भुसालको बिशेष व्यवस्थापनमा सम्पन्न कार्यक्रममा बिद्यार्थीहरुले सिङ्गगिङ्ग र डान्स कम्पोटीसन समेत प्रर्दशन गरेका थिए । जसअनुसार सिङ्गगिङ्ग कम्पोटीसनमा प्रेम सुनार प्रथम, बिपना केसी द्धितिय र कपिल भुसालले तृतिय स्थान प्राप्त गरेका थिए । त्यस्तै डान्स कम्पोटीसनमा सरस्वती नेपाली प्रथम,मन्जु बिक द्धितिय र सिता नेपालीले तृतिय स्थान प्राप्त गरेका थिए । 

बिगत २ बर्ष देखी निरन्तर रुपमा सन्धिखर्क २ चुत्राबेसी मसाल बजारमा सन्चालीत संस्थामा हाल चारसय भन्दा बढी बिद्यार्थीहरुले अध्ययन गरीरहेको संस्थाका प्रबन्धक केपि भुसालले जानकारी दिनु भयो । 

संस्थाले बिद्यार्थीहरुका लागी स्पेशल ईङ्गलिस ल्याङ्गग्वेज कोर्ष , कम्प्युटर कोर्ष,ब्रिज कोर्ष,बिभिन्न बिषयका टिउसनकक्षा र कोचिङ्ग कक्षा लगायत शिक्षक सेबा तथा लोकसेबा तयारी कोर्षको समेत कक्षा सन्चालन गरीरहेको छ । कार्यक्रममा संस्थाका चन्द्रप्रसाद भुसाल,कृष्ण खनाल,डाक्टर कपिल गौतम,करीस्मा गैरे,चिरञ्जीबि पौडेल,नारायण खनाल,पत्रकार प्रेमनारायण आचार्य,श्याम घिमिरे,बिनोद गैरे,गोपाल भट्टराई,जितेन्द्र खत्री लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!