अर्घाखाँचीका ३ बालबालिकालाई एक लाख नगद सहयोग

Posted on: 20 Jul, 2018

साउन ४ गुल्मी | पौदी सेभ सोसाईटीले अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १, मरेङ्ग सुन्दरपोखरीका तिन बालबालिकालाई एक लाख नगद सहयोग हस्तान्तरण गरेको छ । 

बाबुले आत्महत्या अनि आमाले पनि छाडेर गएपछि उनीहरु विचल्लीमा  परेका थिए । 


बालबालिकाको विचल्लीको खबर सञ्चार माध्यमबाट थाहा पाएपछि पौदी सेभ सोसाइटी जापानका संयोजक कृष्ण केसीको नेतृत्वमा विदेशी भुमीमा काम गरिरहेका साथै स्वदेशमा रहेका नेपालीले उक्त रकम संकलन गरेका थिए । 

सोसाइटीले बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ आफुहरुले सहयोग गरेको बताएको छ । त्यस्तै, संकलित रकम हस्तान्तरण गर्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले सामाजिक उत्तरदायित्व वहन गर्ने सहयोगी सम्पुर्णलाई धन्यवाद  दिए । 

हस्तान्तरण कार्यक्रममा गुल्मी जिल्लास्थित रेसुङ्गा नगरपालिकाका मेयर, पौदी सेभ सोसाइटीका केन्द्रिय पदाधिकारी र विभिन्न पार्टीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।  यस संस्थाले यस भन्दा पहिले तिल बहादुर जिसीलाई पनि आर्थिक सहयोग गरेको थियो ।  पौदी सेभ सोसाइटीको आह्वानमा विदेशी भुमीमा काम गरिरहेका र स्वदेश मै रहेका नेपालीले आर्थिक अवस्था कमजोर भएका दुःखी, गरिव र असक्त नेपालीलाई आफ्नो कमाईबाट केही रकम सहयोग गर्दै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!