पाणिनि गाँउपालिकाको दुर्गाफटमा दुर्वासा दुग्ध उत्पादन समुहको डेयरीको समुदघाटन

Posted on: 09 Jul, 2018

असार २५, अर्घाखाँची | प्रदेस सभाका सदस्य रामजी प्रसाद घिमिरेले उत्पादन र स्वरोजगारलाइ ध्यान दिएर बजेट विनियोजन गर्नु  पर्ने बताउनु भएको छ । 

पाणिनि गाँउपालिकाको दुर्गाफटमा दुर्वासा दुग्ध उत्पादन समुहको डेयरीको समुदघाटन गर्दै सदस्य घिमिरेले पशुपालन र कृषिबाट स्वरोजगारमा अगाडी बढ्नु पर्ने बताउनु भएको हो । 

उहाले विकास निर्माणका योजना छनोट गर्दा  उत्पादन मुलकका योजना छनोट गरेर उत्पादनमा बृद्धि गर्नु अहिलेको आबस्यक्ता रहेको बताउनु भयो । 

पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले कृषि र पशुपालनलाइ ध्यानमा राखेर पालिकाले बजेट विनियोजन गरेको बताउनु भयो । उहाले कृषि र पशुपालनमा स्वरोजगार सृजना हुने भएकाले यसैमा लाग्न वेरोजगार युवायुवतीलाइ आग्रह गर्नु भयो । 

कार्यक्रममा गाँउपालिकाको उपाध्यक्ष लक्ष्मी गौतमले पाणिनिबाट दुध बाहिरी जिल्लामा पनि निकासी गरिएकोमा कृषकहरुलाइ धन्यबाद ज्ञापन गर्नु भयो । 

कार्यक्रममा नेकपाका नेता कुटमदिन अलि, वडा अध्यक्षहरु जिवलाल घिमिरे, सुभबहादुर सारु, मिनराज आत्रेय,  पाणिनि गाँउपालिका कार्यपालिका सदस्य इश्वरा केसी, ओम प्रसाद विक, पशु सेवा केन्द्रका मदन सिंह यादव, पत्रकार महासंघका प्रदेस सदस्य सोभाखर पन्थी, प्रेम आचार्य, पत्रकारहरु रिदय भुसाल, अर्जुन भुसाल, लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा दुग्ध उत्पादक नमुना कृषकहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रम दुर्वासा दुग्ध उत्पादक समुहका अध्यक्ष दयाराम गौतमको अध्यक्षता, बाबुराम घिमिरे (भुवनको) स्वागत र रोमाकान्त वेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!