देउराली यातायात पश्चिम क्षेत्रकै अनुशासित यातायात व्यवसायी समिति हो: अध्यक्ष खड्का

Posted on: 26 Sep, 2016

असोज १०, अर्घाखाँची | देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले पेसागत भन्दा पनि सेवामुखी भएर काम गर्ने बताएको छ । 

सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै देउराली यातायात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र खड्काले आफ्नो सेवा जनताहरुलाई नाफाभन्दा पनि सेवामा समर्पित हुने कुरामा जोड दिनु भएको हो । देउराली यातायात पश्चिम क्षेत्रकै अनुशासित व्यवसायी रहेको र जनताको वस्ती वस्तीमा सेवा दिने यातायात संस्था रहेको स्पष्ट पार्नुभयो । 

उँहाले पछिल्लो समयमा जिल्लामा भएका दुर्घटना न्युनिकरणलाई कम गर्नका लागि सिट क्षमताभन्दा बढि यात्रुहरु नबोकेको जानकारी गराउनुभयो । साथै उहाँले संस्थाको आठौ अधिबेसन मङसिर ३ र ४ गते सन्धिखर्कमा गर्ने समितिले निर्यण गरेको बताउनु भयो । अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न समिति लागि परेको संस्थाका महासचिव प्रेमप्रकाश पाण्डेले जानकारी दिनुभयो । 

देउराली यातायात व्यवसायी समितिले स्थापना देखि अहिले सम्म गरेका काम–कारबाहीको बारेमा जानकारी गराउदै चाडपर्वका बेला यात्रुहरुलाई विशेष सेबा दिने तयारी गरेको बताइएको छ । विशेष सेबा दिने भने पनि के–कस्ता सुविधा दिने भन्ने स्पष्ट पारेको छैन । 

जिल्लामा एकमात्र यातायात व्यसायी संस्था रहेकोले जिल्लाका साबिकका ४२ गाबिस तथा हालका ३५ गाबिसका वार्ड–वार्ड तथा सन्धिखर्क–काठमाडौ, सन्धिखर्क–बुटबल, सन्धिखर्क–दाङ, सन्धिखर्क–पाल्पा, सन्धिखर्क–प्युठान लगायतका ठाउँमा सेबा दिईरहेको कोषाध्यक्ष गोविन्द बञ्जाडेले बताउनु भयो ।

पत्रकार सम्मेलनमा समितिका कृष्ण प्रसाद श्रेष्ठ, शिव अधिकारी लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!