देउराली यातायातको सन्धिखर्क बुटबल भाडादर घट्यो

Posted on: 02 Aug, 2017

साउन १८, अर्घाखाँची । देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले सन्धिखर्क देखि बुटवलसम्म हाइसको भाडादर घटाएको छ । 

देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले सन्धिखर्क देखि बुटवलसम्म नयाँ भाडा दर ३६० रुपैया कायम गरेको छ । यस अघि अर्घाखाँची–बुटवलको एक तर्फी भाडा रू. ३८० थियो । यस्तै समितीले आगामी दिनमा तेलको मुल्य नबढेमा अर्घाखाँची– काठमाडौंसम्म चल्ने हाइसको भाडादरमा घटाऊने उल्लेख गरेको छ ।

केहिसमय अघिदेखि लंका यातायात प्रालिका ८ वटा सिट भएको स्कार्पियो गाडी बुटवलसम्म ४ सय भाडा लिने गरेकाले देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले सन्धिखर्क देखि बुटवलसम्म हाइसको भाडादर घटाएको हो । यातायात ब्यवसायीको तिर्व प्रतिषपर्धाका कारण यात्रुहरुलाई भने केहि भाडा घट्दा सहज भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!