समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कार्वाही हुन्छ प्रजिअ

Posted on: 01 Jun, 2018
जितेन्द्र खत्रि | जेष्ठ १८, अर्घाखाँची | जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कार्वाही प्रक्रिया सुरु गरेकाे छ ।
जिल्लाका केहि योजनामा प्रभावकारि काम नभएको भनी उजुरी परेपछि आज अर्घा र बल्कोट साईटमा विभिन्न ठाउमा अनुगमन गरि काम प्रभावकारि रुपमा गर्न ठेकेदार कम्पनीलाई प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले निर्देशन दिनुभएको छ ।
काम नगरी रकम फस्यौट गर्ने कर्मचारीलाई कार्वाही गर्ने ठेकेदारको लाईसन्स बदर गरिदिने प्रमुख जिल्ला अधिकारी भुसालले चेतावनी दिनुभएको छ । नियम अनुसार काम नगर्ने व्यवसायीलाई प्रक्राउ गरि कार्वाही अगाडी बढाउने प्रहरी प्रमुख प्रदिप कुमार डिसीले बताउनुभयो । 

अर्घा साईडमा सन्तोष जनक काम नभएकाले पुन काम गर्न निदेशन दिएको प्राविधिक कार्यालयका प्रमुख नविन श्रेष्ठले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!