सन्धिखर्क नगरपालिकाद्धारा योजनाहरूको अनुगमनमा तिब्रता

Posted on: 04 Jun, 2018

जेठ–२१, अर्घाखाँची | चालु आर्थिक वर्षको समय सकिनै लाग्दा जिल्लाकै नमुना र समृद्ध नगर बनाउने उद्घोष गरेको सन्धिखर्क नगरपालिकाले योजनाहरूको अनुगमनलाई तिब्र पारेको छ । जस अन्तरगत हिजो नगरको वडा नम्बर ४ र ५को वाङ्गला र ८ को किमडांडाका गरि एक दर्जन भन्दा बढि योजनाहरुको अनुगमन गरिएको सन्धिखर्क नगरपालिकाले जनाएको छ ।

अनुगमन समिति संयोजक एवम् नगर उपप्रमुख ठाकुर कुमार वि.क., नगर प्रशासकिय सयायक अधिकृत गोविन्द के.सी., बिषयगत इन्जिनियर, सम्बन्धित वार्डका वडाअध्यक्ष सहितको टोलीले अनुगमन गरेको खबरमा उल्लेख छ । अनुगमनको क्रममा टोलीले जनता अधारभुत विद्यालय किमडांडाको भौतिक र शैक्षिक प्रगति बिबरणको समेत जानकारी लिएको छ । विद्यालयको स्थलगत निरिक्षण गर्दै नगर उप–प्रमुख वि.क.ले भ्रष्टचारलाई शुन्य सहनशिलताको निति अवलम्बन गरि उपलब्ध स्रोतसाधनलाई उचित सदुपयोग गरि समृद्ध नगर बनाउने आफुहरुको योजना सुनाउंदै सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । 


कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिव पोख्रेल र प्र.अ.कमल प्रसाद गैरेले विद्यालयको पूर्व अवस्था र अहिलेको प्रगति बारे प्रस्तुतीकरण गर्नुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!