प्रदेशसरकारबाट अर्घाखाँचीको सडकमा मात्रै १ अर्व

Posted on: 24 Jun, 2018

असार १०, अर्घाखाँची | तीन दशक पहिलेसम्म डोकोमा कपिलवस्तुबाट नुन, तेल बोकेर दैनिक जिविको पार्जन गर्दै आएका अर्घाखाँचीका बासीन्दाले अहिले घरबाटै गाडि चडेर यात्रा गर्न थालेका छन् । 

२०४३  सालमा पहिलो पटक सदरमुकाम सन्धिखर्कमा मोटर आएकोमा अहिले गाउँ गाउँमा गाडिको सुबिधा पुगेको छ । टोलटोलमा पुगेका कच्ची सडकले यहाँका बासीन्दाको यात्रालाई सहज बनाएको छ । हिउँदमा यात्राको लागि सहज भएपनि बर्षादको समयमा भने बिकट ग्रामिण क्षेत्रमा यातायात संचालनमा थुप्रै चुनौती थिए । 

प्रदेश सभाले पहिलो पटक ल्याएको बजेटपछि भने यहाँका बासीन्दा स्तरीय सडकमा यात्रा गर्न पाउनेमा ढुक्क छन् । प्रदेश सरकारले अर्घाखाँची जिल्लामा सडक निर्माण र स्तरोन्नतीमा करीब १ अर्ब रुपैयाँ बिनीयोजन गरेको छ । जुन रकम जिल्लाको निम्ति पर्याप्त भएको स्थानीयको बुझाई छ । स्थानीय बासीन्दा जिल्लामा आउने बजेट लाई प्रभावकारी रुपमा कार्यान्वयन गराई जिल्लालाई नमुना जिल्लाको रुपमा बिकास गर्ने तयारीमा छन् । 

अर्घाखाँची जिल्ला क्षेत्र नं.१ प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले पूर्वाधार बिकासको मेरुदण्डको रुपमा रहेको सडक निर्माणलाई आफुहरुले पहिलो प्राथमिकतामा राखेको बताए । उनले खानेपानी, सिंचाई, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनलाई समेत प्राथमिकतामा राखेर बजेट बिनीयोजन गराउन सफल भएको बताउँदै रोजगार मुलक कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको दाबी गरे । 

बिनीयोजित बजेट अनुसार रिडी, बल्कोट, माडीचौर ,सुलिचौर सडकमा १ करोड ८४ लाख केरुङ्गा, पिप्ली, धरम्पानी, र्याले, सिमिचौर सडकमा १ करोड २६ लाख, च्यानडाँडा , खनदह, डाँडा कटेरी सडकमा ३ करोड २४ लाख सन्धिखर्क, मसुरपाटा, राईखन्ने, बामरुक, भुमेकास्थान सडकमा १ करोड १० लाख,तम्घास,सन्धिखर्क,प्युठान सडकमा ४ करोड बिहार, डिभर्ना, जोगिमारे, बडाचौर, मुसामारे, चौरी सडकमा १ करोड ३१ लाख ६० हजार खगडी, दुन्दु्रक, बल्कोट, राङ्गवास, गुल्मी सडकमा १ करोड ३१ लाख ६० हजार ढोबाट, अल्गाटारी, सातबिसे, भेंडिराख्ने सडकमा १ करोड ३१ लाख ६० हजार सन्धिखर्क, गाँजरी, हिले, भेंडिराख्ने, आल्सामारी, गुफा, सुख्ल, गुल्मी सडकमा १ करोड ३१ लाख ६० हजार बिहार, रामपथ, मखात, खन, खनदह सडकमा १ करोड ३१ लाख ६० हजार दमार, राज्मे, ओखटे, गोखुङ्गा सडकमा १ करोड ३१ लाख ६० हजार नेटाखर्क, चेक्मी, सुन्दरपोखरा, अमिले, गर्छा, दारेगौडा सडकमा १ करोड ३१ लाख ६० हजार ढुङ्गाडे, ठुलाखर्क, काफल ठँुटा, पजिङ्खोला, दोबाटा, गोखुङ्गा सडकमा १ करोड ८१ लाख ६० हजार भालुवाङ्ग, नुवाकोट, पकले, गुनाथुम, गुफा, खरबाङ्ग सडकमा १ करोड ३१ लाख ६० हजार, सन्धिखर्क, आटेका साँगु, खन, खनदह सडकमा २ करोड,डिभर्ना जरेखोला, ठुलापोखरा, छत्रगञ्ज, मोडेल चौर, सिमिचौर सडकमा २ करोड, खरज्याङ्ग, ठुलाखर्क, दुन्द्रुक, महपोखरी, चौवा, मिल्मीले, चिदीपानी, चौरी सडकमा ५० लाख, देउराली, बामरुक, बाजाखर्क सडकमा ५० लाख, गच्छे, ढिकुरा, लामाताल, भालुबाङ्ग सडकमा ७ करोड ८४ लाख,पटौटी,खरज्याङ्ग,तम्घास सडकमा ७ करोड ७५ लाख,भन्ज्याङ्ग,धातिबाङ्ग,नेटा सडकमा १ करोड ३१ लाख ६० हजार,दुर्गा,फर्सवा,देबलचौर सडकमा ५० लाख, देउराली , दर्नेटा सडकमा ५० लाख, घुम्ती, पाल्पा सडकमा २ करोड ९१ लाख,  निगाली, नेटा, सुबर्णखाल, बुढीचौर, दक्सुपाटा, पद्मे, जुकेना सडकमा ५० लाख, ठाडा, जुकेना सडकमा ५१ लाख, चाक्ला, जुकेना, जलुके, ऐरावती, दर्वाङ्ग, बरौला सडकमा १ करोड २६ लाख, नरपानी, खाँची, ढिकुरा, पोख्रेडाँडा, पकले, हिले, भेंडीराख्ने सडकमा २ करोड, सन्धिखर्क, नुवाकोट, खिल्जी, असुरकोट , प्युठान सडकमा २ करोड ९१ लाख,सन्धिखर्क,पकले,धारापानी,ढाकाबाङ्ग,राज्मे सडकमा ९९ लाख,सोही ठाउँको साउनेखोला पुल निर्माणमा ५५ लाख र रामपुर,पाल्पा,छहरा,सन्धिखर्क,प्युठान,रोल्पा,रुकुम,कपुरकोट सडकमा  ५ करोड लगायतको रकम रहेको छ । यसैगरी बहुप्रतिष्ठित सालझण्डी सन्धिखर्क ढोरपाटन सडकमा केन्द्रिय सरकार बाट २३ करोड,भुकम्प पुननिर्माण प्राधिकरण अन्तरगत धारापानी,उपल्लापोखरा,ढाकाबाङ्ग,गोखुङ्गामा २४ करोड तथा चाक्ला,सिद्धारा सडकमा २४ करोड रुपैयाँ बिनीयोजन भएको छ । 

जिल्लामा सडकको संख्या बढाउने भन्दा पनि भएका सडकलाई स्तरोन्नती गर्दै केहि बर्ष भित्रमा सबै वार्डमा पुग्ने सडक पिच गर्ने तयारीमा जुटेको सांसद आचार्यले बताए । उनले भरी गाडी ल्याएर खालीगाडी पठाउनु पर्ने बाध्यताको अन्त्यको लागि व्यबसायीक र आधुनिक कृषिमा जोड दिने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!