वाणिज्य संघका नव निर्वाचित पदाधिकारी ब्रम्हकुमारी इश्वरिय बिश्वबिद्धालयद्वारा सम्मान

Posted on: 14 Jun, 2018

जेष्ठ ३१, सन्धिखर्क | ब्रम्हकुमारी इश्वरिय बिश्वबिद्धालय अर्घाखाँचीको आयोजनामा अर्घाखाँची उद्योग वाणिज्य संघका नब निर्वाचित पदाधिकारी तथा सदस्यहरू लाई सम्मान कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

बधाई कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य  कृष्णप्रसाद श्रेष्ठ , अर्घाखाँची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र भुसाल, वाणिज्य उपाध्यक्ष जिबलाल बन्जाडे, कोशाध्यक्ष तुल्सी खनाल खानेपानी समितिका अध्यक्ष दुर्गा श्रेष्ठ पतन्जली योग समितिकी सदस्य शान्ता खत्री  लगायत २५ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अर्घाखाँची उद्योग वाणिज्य संघका नब निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ ब्रम्हकुमारी कृतिले खादा ओढाइ इश्वरिय उपहार प्रदान गरि सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले आध्यात्मिक ज्ञान बिना अन्तर शान्ती प्राप्त गर्न नसकिने औल्याउनु भएको थियो ।

कार्यक्रम ब्रम्हकुमारी कृतिको अध्यक्षता, युवराज श्रेष्ठको प्रमुख आतिथ्यता, कल्पना भुसालको स्वागत मन्तब्य र शारदा भट्टराईको सन्चालनमा सम्पन्न भएको थियो ।

ब्रम्हकुमारी इश्वरिय बिश्वविध्यालय अर्घाखाँचीमा बिगत  ७ बर्ष देखि दैनिक ३० जनाले साधना गर्ने गरेको पत्रकार हिमबहादुर जिसि लेकालीले खबर पठाउनुभएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!