आज आम शैक्षिक हड्ताल

Posted on: 17 Jun, 2018

असार ३, अर्घाखाँची | शिक्षामा लिइएको चर्को शुल्क, पेट्रोलियम पदार्थमा गरिएको मुल्यबुद्धि र केन्द्रिय नेताहरुको गिरफ्ताकारी लगायतका दर्जनौ विषयलाई लिएर अनेरास्वियु क्रान्तिकारीले आज सनिधखर्कमा एक कार्यक्रमका बीच प्रेस विज्ञप्ती जारी गर्दै आम शैक्षिक हड्तालको धोषणा गरेको छ । 

संगठनका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य कुलराज बन्जाडेद्धारा हस्ताक्षर विज्ञप्ती लोकतन्त्र र गणतन्त्रको धज्जी उडाउदै विना कारण बाटोमा हिडिरहेको अबस्थामा नेता/कार्यकर्ता पक्राउ गरि सार्वजनिक मुद्दा लगाउनु, मापदण्ड विपरीत निजि तथा आबशीय बोडिङ्गले बढाएको शुल्क र पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि लगायतका मागलाई  लिएर आम शैक्षिक आन्दोलनको धोषणा गरिएको विज्ञप्तीमा उल्लेख छ । 

विद्यार्थीको हक हितको लागि गरिएको शानितपूर्ण आन्दोलनमा कोही कसैले दमन गरेमा त्यसको जवाफदेही सम्वन्धीत निकाय हुनुपर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ । अर्घाखाँचीमा पनि सरकारी तथा निजी प्याप्सन, एन प्याब्सन लगायतका शैक्षिक संस्था बन्द गरी सहयोग गरिदिनका लागि समेत आग्रह गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!