प्राइम लाइफ अर्घाखाँचीद्धारा बीमाको रकम भुक्तानी

Posted on: 26 Jul, 2017


साउन ११, अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका साविकको ढिकुरा गाविस ५ निवासी विष्णु प्रसाद भट्टराईले १ वर्ष ६ महिना पहिले प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो बीमा गरी बैदेशीक रोजगारका लागी साउदी अरब गएका थिए ।

करीब २ महिना अगाडी बैदेशीक रोजगारकै शिलसिलामा बिदेशमै निजको मूत्यु भए पश्चात निजकी श्रीमति मीना भट्टराईले बीमा रकम दावी भुक्तानीका लागी गत असार महिनामा कम्पनिमा निवेदन दिएकी थिईन ।

कम्पनिको नियमानुसार भुक्तान गर्नुपर्ने रकम छ लाख पचास हजारको चेक एक कार्यक्रम गरी कम्पनिको अर्घाखाची शाखा कार्यालयबाट शाखा प्रमुख नारायण घिमिरेले हस्तान्तरण गरे । 

चेक हस्तान्तरणमा बोल्दै शाखा प्रमुख घिमिरेले प्राइमलाइफ इन्स्योरेन्स क.लि.ले दावीकर्ताले कम्पनिमा निवेदन दिएको छोटो समयमै सम्पुर्ण कागजात पुरा गरेकै दिन कम्पनिले चेक जारी गरी भुक्तानी दिएको र आगामी दिनमा पनि ग्राहकलाइ छिटो, छरीतो र सरल तरिकाले भुक्तानी दिन कम्पनि सदैव अग्रसर हुने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!