संविधान संशोधन प्रस्तावको बिरुद्घ अर्घाखाँचीमा जन प्रदशन

Posted on: 04 Dec, 2016

जितेन्द्र खत्रि, मंसिर १९, अर्घाखाँची । संविधान संशोधन प्रस्तावको बिरुद्घ अर्घाखाँचीमा जिल्लानै बन्द गरी दैनिक बिरोध प्रदर्शन भइरहेका छन । बन्दका कारण पसल, सवारी साधन, उद्योगधन्दा, शिक्षण संस्था पूर्ण रुपमा प्रभाबित भएका छन । लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गइरहेको छ । जिल्लामा क्रियाशील राजनीतिक दल सम्मिलित संयुक्त संघर्ष समितिले आन्दोलन दिनहुँ चर्काउदै लगेको छ ।

शनिबार दिउसो सन्धिखर्कमा जन प्रदशन सहित बिरोध ¥याली निकालीएकोे छ ।  बिरोध ¥यालमा हजारौ स्थानिय बासीहरुको उपस्थिति रहेको थियो ।  बिरोध ¥याली पछिको कोणसभा लाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झबिलाल थापाले सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गदै अध्यक्ष थापाले संविधान संशोधन प्रस्ताब खारेज नहुन्जेल सम्म बिरोधका कार्यक्रम जारी राख्ने बताउनुभयो  ।

नेपाली जनता कहिल्यौ झुक्न नजानेको भन्दै उनले प्रदेश नम्बर ५  जगाउनको लागि अन्तीम लाडाईं लड्न पनि तयार रहेको र पहाड घर र तराई बेशी भएका जिल्लाका मानिसको भावना तराई र पहाड एक हुनु पर्ने भएका कारण स्थानीय जनता, यातायात व्यबसायी तथा व्यापारी सबैको आन्दोलनमा ऐक्यबद्धता र सहभागिता जनाउनुहुन सम्पुर्ण अपिल गर्नुभएको छ ।


                         

यस बिषयमा तपाइको प्रतिक्रिया...!