सिमा बचाऔं अभियानमा अखिल छैठौं

Posted on: 04 Dec, 2016

मंसिर १९,अर्घाखाँची । अखिल (छैठौँ)को केन्द्रिय समितिले मंसिर १५ गतेदेखि सञ्चालन गरेको सिमा बचाऔँ अभियानमा जुटेको टोलि आज पाँचौँ दिन सम्म जनभेटघाट, अन्र्तक्रिया, गोष्ठि, प्रचा बितरण, सिमा क्षेत्रको अध्यन अवलोकन लगायतका कार्यक्रम गर्दै सिमा क्षेत्रमा अगाडि बढिरहेको छ ।

अभियानको शिलशिलामा सिमा क्षेत्रका जनताहरुले आफुहरुलाई भारतले गर्ने दुब्र्यबहार प्रति नेपाल सरकार मुक दर्शक बनेर भारतका सामु निरिहजस्तै देखिएको गुनासो पोखेको अखिल छैठौँका महासचिब भिमलाल पोख्रेलले बताउनुभएको छ ।

नवलपरासीको सुस्ताबाट मंसिर १५ गते अभियानको उद्घाटन गरि सिमा बचाऔँ कार्यक्रम अगाडि बढाएको अखिल छैठौँको टोली नवलपरासी र पर्सा का बिभिन्न भागमा कार्यक्रम गर्दै आज बाराको कलैयामा पुगेको बताइएको छ ।

अखिल छ्रैठौँका केन्द्रिय अध्यक्ष बिमल पोख्रेलको नेतृत्वमा अभियानमा जुटेको टोलीमा राष्ट्रिय जनमोर्चाका नेताहरुको सहभागिता रहेको जनाइएको छ । अखिल छैठौँको सिमा बचाऔँ अभियान मंसिर ३० गते इलामको मानेभञ्ज्याङमा पुगेर समापन हुने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!