प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको २२ गते जिल्ला भेला हुने

Posted on: 25 Jan, 2017

जितेन्द्र खत्रि/माघ १२, अर्घाखाँची । प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको तेस्रो जिल्ला भेला यही माघ २२ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा हुने भएको छ ।  

सन्धिखर्कमा सम्पन्न प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको बैठकले महत्वपुर्ण निर्णयहरु सार्वजनिक गर्दै २२ गते विहान ११ बजे प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष नारायण शर्माले एक कार्यक्रमका विच तेस्रो जिल्ला भेला उद्घाटन गर्ने कार्यक्रम रहेको प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीका उपाअध्यक्ष गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।  

उक्त भेलामा प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम प्रकास घिमिरे र जिल्लामा क्रियाशिल सम्पुर्ण पत्रकारहरुलाई समेत निमन्त्रण गर्ने उहाँले जानकारी दिनुभएको छ । 

यस्तै बैठकले आगामी फाल्गुण तिन गते हुन गईरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रगतिशील पत्रकार संघ अर्घाखाँचीको नयाँ जोस र नेतृत्व सँगै जाने भएकाले प्रगतिशील पत्रकार संघ लाई सहयोग र समर्थन गर्न राष्ट्रवादी पत्रकारहरु संघ संस्थाहरुसंग अनुरोध एवं आग्रह गर्ने निर्णय समेत गरेको केन्द्रिय सदस्य श्याम प्रकास घिमिरे बताउनुभयो । 

बैठक पत्रकार संघका जिल्ला अध्यक्ष बिनोद गैरेको अध्यक्षता उपाध्यक्ष गोपाल भट्टराईको स्वागत मनतब्य र सचिव जितेन्द्र खत्रीको संन्चालनमा सम्पन्न भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!