अनेरास्वबियुको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Posted on: 26 Jan, 2017

माघ १३, अर्घाखाँची । अनेरास्वबियुले पछिल्लो समय भेला तथा प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिन थालेको छ ।

नेकपा एमाले निकट अनेरास्वबियु जिल्ला कमिटि अर्घाखाँची अर्घाखाँची जिल्लाका बिभिन्न स्थानमा भेला तथा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । जस अनुसार अनेरास्वबियुले जीवनोद्धारा माबि सन्धिखर्क नगरपालिका वाङ्गलामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अनेरास्वबियु जिल्ला कमिटि सदस्य बसन्त श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । श्रेष्ठले समसामयिक बिद्यार्थी राजनीति, बिद्यार्थी आन्दोलन र उपलब्धी त्यस्तै आसन्न जिल्ला अधिवेशन र स्वबियु निर्वाचनको बारेमा प्रशिक्षण दिनुभएको थियो । 

प्रशिक्षण पछिको भेलाले संगीता घिमिरेको अध्यक्षतामा ११ सदस्सीय जीवनोद्धार माबि प्रारम्भिक कमिटिको गठन गरेको छ । जसको उपाध्यक्षमा सुदिप भुसाल, सचिवमा सुस्मा बञ्जाडे, सहसचिवमा श्रृजना भण्डारी र कोषाध्यक्षमा सरिता भुसाल रहनुभएको छ । 

त्यस्तै सदस्यहरुमा अनिष बञ्जाडे, सपना अधिकारी, दिपा भुसाल, कोपला बिटालु, पुजा सुनार, सन्दिप भुसाल लगायतका रहनुभएको छ । कार्यक्रम संगीता पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । अनेरास्वबियुले युवा वर्ष जनता रबिचित्र माबि सन्धिखर्कमा उता जनजागृति माबि धनचौरमा सम्राट थापाको अध्यक्षतामा प्रारम्भिक कमिटिको गठन गरेको छ । 

कार्यक्रममा अनेरास्वबियु जिल्ला कमिटि सदस्य नारायण भुसालको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन अनेरास्वबयुका नेता गिताराम बिष्टले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!