राष्टिय प्रजातन्त्र पार्टी अर्घाखाँचीको बैठक सम्पन्न

Posted on: 17 Mar, 2017

चैत ४, अर्घाखाँची । राष्टिय प्रजातन्त्र पार्टी अर्घाखाँचीको पहिलो बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।

राप्रपा नेपाल र राप्रपा विच पार्टी एकता भएपछिको पहिलो बैठकले रिक्त पदाधिकारीहरुमा थप गरेको छ ।

यसरी थप हुनेहरुमा सचिवमा बसन्त मल्ल, सदस्यहरुमा नारायण बहादुर टण्डन, चेत बहादुर पौडेल, विष्णु बहादुर महत्रा रहेका छन् । बाँकी सदस्यहरु पछि चयन गर्ने राप्रपाले जानकारी दिएको छ ।

राप्रपाले आगामी स्थानीय निर्वाचनमा सक्रियताका साथ जुट्ने निर्णय समेत लिएको छ । जसको लागि जिल्ला उपाध्यक्ष समेत रहेका अमर बहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला अध्यक्ष दिपक कुँवरले देशको एकमात्र राष्टवादी शक्ति राप्रपा रहेको भन्दै आगामी निर्वाचनमा जित्नेगरी तयारी गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रम बसन्त मल्लको संचालन र जिल्ला अध्यक्ष दिपक कुँवरको अध्यक्षतामा सम्पन्न भएको राप्रपा अर्घाखाँचीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!