तेकिएकै मितिमा निर्वाचन गराउन जनमोर्चाले दवाव दिने

Posted on: 25 Apr, 2017

बैशाख १२, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडलले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने बतउनुभएको छ । 

लामो समयसम्म निर्वाचन नहुँदा स्थानीय निकायमा भ्रष्टाचारले जरा गाडेको भन्दै निर्वाचन नगराउने षड्यन्त्रमा सरकारले दुई चरणको बहना झिकेको आरोप लगाउनुभयो । 

“निर्वाचन आयोगले उही दल, उही मतदाता र उही मतपत्रमै निर्वाचन गर्नुपर्ने बताएकाले किन दुई चरणमा निर्वाचन गर्नुप¥यो ।” उहाँले भन्नुभयो, “विदेशीको इसारामा निर्वाचनको मिति सार्न खोजिएको हो तर यो कुरा राष्ट्रिय जनमोर्चालाई मान्य हुदँैन देशव्यापी चरणवद्ध आन्दोलन गर्छौं । ” 

प्रगतिशील पत्रकार मञ्चले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष पौडेलले संविधान संशोधनको प्रस्ताव ल्याएर सरकारले राष्ट्रियता नै धरापमा पार्न खोजेको आरोप लगाउँदै उपाध्यक्ष पौडेलले संविधान संशोधन प्रस्ताव पास हुन नदिन र राष्ट्रियता जोगाउने पक्षमा आन्दोलन चर्काउने धारणा राख्नुभयो । 

स्थानीय निकायको निर्वाचनका लागि सुरु गरेको चुनावी अभियानको सिलसिलामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, रोल्पा , प्यूठान हुँदै राष्ट्रिय जनमोर्चाको टोली यहाँ आइपुगेको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!