आकाशमा पनि फहरायो सुर्य चिन्ह अंकित झण्डा

Posted on: 20 Jun, 2017


असार ६, अर्घाखाँची । नेकपा एमाले सन्धिखर्क नगरपालिकाका उम्मेद्वाहरुले भव्य र्यालीका साथ मनोनयन दर्ता गराएका छन् । 

सन्धिखर्क नगरपालिकाका मेयर पदका  कृष्ण प्रसाद श्रेष्ठ, उपमेयर पदकी उम्मेद्वार इश्वरा पोख्रेल, १२ ओटै  वडाका वडा अध्यक्ष पदका उम्मेदवारहरु र सदस्य पदका उम्मेद्वाहरु टिका र मालामा सजिएर प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । सबै वडाहरुबाट उल्लेख्य मात्रामा नेता कार्यकर्ता सहभागी बनेका थिए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमालेका उम्मेद्वारहरुलाई साढे १२ बजेको समय उपलव्ध गराएको थियो । सबै उम्मेद्वाहरु तोकिएकै समयमा कार्यालय पुगी मनोनय दर्ता गराएका थिए । एमालेका नेता कार्यकर्ता  मदन आश्रित स्मृति भवन सन्धिखर्कमा जम्मा भर्ई यालीमा सहभागी बनेका थिए । 

बाजागाजा सहितर्को  यालीमा करिव ३ हजार ५ सय एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो र्।  याली सन्धिखर्कको मेनरोड, मिडियाचोक, वैंक रोड टुडिखेलमा पुगेपछि बेलुनमा बाधिएको एमालेको चुनाव चिन्ह अंकित झण्डा आकाशमा उडाइएको थियो । 


चुनाव चिन्ह अंकित झण्डा आकाशमा उडाउदा कार्यकर्तामा उत्साह थपिएको थियो । त्यस लगत्तै उम्मेदवारहरु  निर्वाचन अधिकृतको कार्यालय पुगेको थिए । प्रचण्ड गर्मीको कुनै प्रवाह नगरि एमालेका नेता कार्यकर्ता यालीमा सहभागी बनेका थिए । 

एमालेका उम्मेद्वाहरुले मनोनयन दर्ता गराउने अवधिभर कार्यकर्ता टुडिखेलमा नाचगान गरेर रमाएका थिए । एमालेका चुनावी गितहरुमा नाच्दा टुडिखेल संगितमय बनेको थियो । नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यर्ले यालीमा उल्लेख्य मात्रामा कार्यकर्ताको सहभागिताले उम्मेदवारहरुमा थप उत्साह थपिएको बताउनुभयो ।

 उहाँले सन्धिखर्क सँगै जिल्लाका अधिकांश स्थानीय तह र वडाहरुमा एमालेका उम्मेद्वाहरुले विजयी हासिल गर्ने दावी गर्नुभयो । सन्धिखर्कका मेयर पदका उम्मेद्वार कृष्ण प्रसाद श्रेष्ठले असार १४ गते हुन लागिरहेको स्थानीय तह निर्वाचनमा आफूसँगै आफ्नो टिमले भारी मतका साथ विजयी हासिन गर्ने बताउनुभयो । 

उहाँले एमाले प्रति जनताको भरोसा उच्च रहेकाले एमालेका उम्मेदवारहरुको विजयी सुनिश्चित रहेको बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!