सन्धिखर्क नगर मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

Posted on: 03 Jul, 2017

असार १९, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको मेयर नेपाली कांग्रेसले जितेको छ । 

एमाले उम्मेदवारलाई पराजित गर्दै कांग्रेस उम्मेदवार कमलप्रसाद भुसालले जित हासिल गरेका हुन् । मेयरमा निर्वाचित कांग्रेसका भुसालले ८३०३ मतका साथ जित दर्ता गराउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठ ७१२७ मत पाएका छन् ।

उपमेयरमा नेकपा माओवादीका ठाकुर विक ७१२७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका इश्वरा पोख्रेलको पक्षमा ६४०४ मत पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!