'५ नम्बर प्रदेशको राजधानी अर्घाखाँचीमा'

Posted on: 30 Sep, 2017

असोज १४, अर्घाखाँची (रासस) | नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशको राजधानी अर्घाखाँचीको जलुकेमा हुनुपर्ने बताउनुभएको छ । 

उहाँले राप्ती नदीको किनारमा रहेको जलुकेको लामाताल ५ नम्बर प्रदेशको माझ पर्ने भएकाले आफू त्यसमा लागिरहेको बताउनुभयो । सामुदायिक रेडियो देउराली १०१ मेगाहर्जको कार्यक्रम दशैँ विशेष कार्यक्रमा बोल्दै नेता रायमाझीले कसैले बुटवल र कसैले दाङ हुनुपर्छ भन्ने धारणा दिएका छन्, बुटवल र दाङको विकल्पमा लामातालको विकल्प नभएको बताउनुभएको हो । 

नेता रायमाझी आफू प्रतिनिभिसभाको लागि उम्मेदवार बन्ने पनि घोषणा गर्नुभयो । 

यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभाको लागि उम्मेदवार बन्ने घोषणा गर्नुभयो । 

एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले संघ अथवा प्रदेशमध्ये १ मा उम्मेदवार बन्ने जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!