अर्घाखाँची प्रदेशमा एमालेका आचार्य र घिमिरे विजयी

Posted on: 12 Dec, 2017

मङ्सिर २६, अर्घाखाँची । प्रदेशसभा क्षेत्र नं १ मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १४ हजार १३५ मत प्राप्त गर्नुभएको छ । आचार्यले खनाललाई १० हजार ५१६ मतअन्तरले जित्नुभएको छ । 

प्रदेशसभा २ मा वाम गठबन्धनतर्फबाट एमालेका रामजीप्रसाद घिमिरेले २६ हजार १५९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हिम्मतबहादुर टण्डनले १७ हजार २३३ मत प्राप्त गर्नुभएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!