अर्घाखाँची युवा परिषदकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित

Posted on: 17 Feb, 2018

फागुन ५, अर्घाखाँची । अर्घाखाँची युवा परिषदकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित हुनु भएको छ । 


जस्काे उपाध्यक्षमा केसव घिमिरे, डिलाराम भुसाल, महासचिवमा प्रकाश भुसाल, सचिव कृष्ण खनाल, सहसचिव वावुराम भुसाल , र काेषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ रहनु भएको छ । 

जस्काे सदस्यमा बाबुराम भुसाल, प्रकाश बन्जाडे, ज्ञानेन्द्र घिमिरे, सन्तोष बस्नेत, तुल्सि भुसाल, लक्ष्मीनारायण खनाल र सुर्य थापा रहनु भएको छ ।  अधिबेशनकाे भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले उद्घाटन गर्नु भएको थियो । 

उद्घाटन समारोहमा सन्धिखर्क नगरपालिका वाड नम्बर १०का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली, १२ का वडा अध्यक्ष नारायण खड्का , उद्योग वाणिज्य संघका महासचिव नेत्र प्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष हिमवहादुर जिसि लेकाली, सस्थापक सचिव सहयोगी विसि, लगायतले मन्तव्य राख्नुएको थियो । 

कार्यक्रम कृष्णप्रसाद भुसालको अध्यक्षता, धर्मराज भुसालको सञ्चालन र डिल्लीराज खनालको स्वागतमा सम्पन्न भएको हाे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!