राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा आचार्यको निधनप्रति दुःख ब्यक्त

Posted on: 20 Feb, 2018

फागुन ८, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य भिमलाल आचार्यका जेष्ठ सुपुत्र दिपक आचार्यको निधनप्रति राष्ट्रिय जनमोर्चाले दुःख ब्यक्त गरेको छ । 


सन्धिखर्क १० निवासी समाजसेवी आचार्यका जेष्ठ सुपुत्रको गत माघ २८ गतेका दिन उपचारको क्रममा ३९ बर्षकै अल्पआयुमा निधन भएको हो । स्वर्गिय आचार्यको १० औं दिनको पूण्य तिथिमा आज उहांको निवास सन्धिखर्क १० अर्घा बिहारमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज आयोजना गरेको श्रदान्जली सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेताहरुले यस्तो दुःख ब्यक्त गरेका हुन । 

स्वर्गिय दिपक आचार्य जस्तो राष्ट्रिय जनमोर्चाको क्रियाशिल सदस्य र एक जुझारु इमान्दार युवालाई गुमाउनु पर्दा आफुहरुको आन्दोलनलाई समेत ठुलो क्षती पुगेको भन्दै नेताहरुले भावुकता ब्यक्त गरेका छन् । 

स्वर्गिय युवा आचार्यका बुवा भिमलाल आचार्यको अध्यक्षता र राष्ट्रिय जनमोर्चाको नेता पोम नारायण पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष पशुपति ढकाल, सचिव गोपाल पौडेल, अनेमसंघ जिल्ला अध्यक्ष कल्पना पोखे्रल, एमाले प्रतिनिधि ठाकुर प्रसाद ढकाल, माओवादी केन्द्रका प्रतिनिधि देव बहादुर खड्का, कांगे्रसका टोप नारायण भुसाल, सेवा निबृत हक हित समाजका केन्द्रिय सह–अध्यक्ष पिताम्बर बन्जाडे,पत्रकार महासंघ अर्घाखाँचीका जिल्ला अध्यक्ष हिम लेकाली,कोषाध्यक्ष बिनोद गैरे पत्रकार जितेन्द्र खत्रि लगायतले समेत श्रदान्जली ब्यक्त गर्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!