महिलाहरुलाई उद्यमशिलताका कामहरुमा लाग्न सांसद आचार्यको आग्रह

Posted on: 22 Feb, 2018

फागुन १०, अर्घाखाँची । अर्घाखाँची प्रदेश सभा क्षेत्र नं. १  का सांसद चेतनारायण आचार्यले महिलाहरुलाई उद्यम शिलताका कामहरुमा लाग्न आग्रह गर्नु भएको छ । 


मालारानी गाउँपलिकाले वडा नं. २ मा आयोजना गरेको सिलाइकटाइ तालिमको उद्घाटन गर्दै उहाँले पछिल्लो समयमा महिलाहरुले निकै उत्कृष्ट ढंगले  व्यवसाय सञ्चालन गरिरहेको बताउनुभयो । 

उहाँले सिलाइकटाइ तालिम गरिसकेपछि तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न पनि प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले अबको पाँच वर्ष भित्रमा १ नं. क्षेत्रलाई नमूना क्षेत्रको रुपमा परिचित गराउने ढंगले आफू काममा लागेको बताउनुभयो ।  

सांसद आचार्यले कृषि पशुपालन, घरेलु उद्योग र  सहकारीको माध्यमबाट जिल्लालाई समृद्ध बनाउने बताउनुभयो । 

तालिमको उद्घाटन शत्रमा मालारानी गाउँपालिकाका अध्यक्ष  बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री, कार्यक्रम अधिकृत नेत्र खनाल, एमाले पाँच नं. प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्री, एमाले नेता जनार्दन खनाल, वडा अध्यक्ष विनोद भुसाल, एमाले जिल्ला कमिटी सदस्य लिलबहादुर विक, अनेरास्ववियुका अध्यक्ष प्रदिप नेपाली लगायतको  आतिथ्यता रहेको थियो । 


सांसद आचार्यले मालारानी गाउँपालिका वडा नं. १, २, ३, ४,  ५ र छत्रदेव गाउँपालिका वडा नं. ८ मा कार्यकर्ता र सुभेच्छुकहरुसँग भेटघाट समेत गर्नु भएको छ । विभिन्न ठाउँमा उहाँलाई  पुलमालाले भव्य स्वागत गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!