एमाले र माओवादी परित्याग गरि ३५ जना काङ्ग्रेसमा प्रबेश

Posted on: 03 Mar, 2018

फागुन १९, अर्घाखाँची | नेपाली कांग्रेसकाे अन्तरकृया तथा पाटी प्रबेश कार्यक्रम सन्धिखर्ककाे वाड नम्बर ११ डिभर्नाकाे जाेगीमारेमा सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले कांग्रेस प्रतिपक्षमा बसेर ससकत रुपमा सरकारलाई खबरदारी गर्ने बताउनु भएको छ । उहाँले जिल्लाको विकासका लागि नेपाली कांग्रेसले प्रमुख भुमिका खेलेको बताउदै अागामि दिनमा विकासको काममा प्राथमिकता दिने बताउनु भयाे ।

सन्धिखर्क नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकालाई देसकै नमुना बनाउने गरि काम भैरहेको बताउनु भयाे । कार्यक्रममा एमाले युवा नेता तथा जिल्ला खेलकुद विकास समितिका काेषाध्यक्ष लक्ष्मण अाचार्यकाे नेतृत्वमा एमाले र माअाेवादी परित्याग गरि ३५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।


नव प्रवेशीहरुलाई जिल्ला सभापति बिष्णु  मुस्कान र पुर्व पाटी सभापति कमल प्रसाद भुसालले पाटीकाे साधारण सदस्यता प्रदान गर्नु भएको थियोे । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव बिष्णु प्रसाद भुसाल, क्षेत्रीय सभापति केसवराज कुवर, पुर्व जिल्ला उपसभापति ईन्द्रबहादुर क्षेत्री, जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद खनाल, मणिराम परियार, सीता भुसाल, तरुण दलका जिल्ला अध्यक्ष तथा १२ नम्बर वडाको वडा अध्यक्ष नारायण खड्का, नेपाली कांग्रेस १२ का सभापति लिलाधर बस्याल, नेपाल  प्रेस युनियनका केन्द्रीय पार्षद प्रेमनारायण अाचार्य, पाटी प्रबेश गर्ने हरुकाे तर्फबाट लक्ष्मण अाचार्य,   ज्येष्ठ  सदस्य टेकबहादुर भुसाल, लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम नेपाली कांग्रेस सन्धिखर्क ११ का वडा सभापति खडानन्द अाचार्यकाे सभापतित्व, सचिव दामोदर अाचार्यकाे सञ्चालन र सचिव फर्सुराम कुवरकाे स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!