अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको छाया सरकार

Posted on: 21 Apr, 2018

वैशाख ८, अर्घाखाँची | राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रतिपक्षको भुमिका शषक्त पार्न जिल्लाका ६ वटै पालिकामा छांया सरकारको गठन गरेको छ । 

कागज र कानुनमा ब्यबस्था परिवर्तन भएपनि मुलुकमा झुट र लुटको खेती मौलाउंदै गएको भन्दै त्यसलाई रोक्न आफुहरुले छांया सरकार गठन गरेर अगाडि बढ्न थालेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ । आसन्न जेठ १२ र १३ गते सन्धिखर्कमा चौथो जिल्ला सम्मेलन गर्न लागेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज सन्धिखर्कमा सम्पन्न गरेको सम्मेलन तयारी भेलाले ६ वटै पालिकामा छांया सरकारको घोषणा गरेको हो । जस अन्तरगत सन्धिखर्कमा कल्पना पोख्रेल, भुमिकास्थानमा कविराम खनाल, सितगंगामा गोविन्द थापा, मालारानीमा नरेन्द्र बहादुर थापा, पाणिनीमा देवी प्रसाद भुसाल र छत्रदेवमा हरि न्यौपानेले छांया सरकारको नेतृत्व गरि स्थानिय तहबाट हुने बिकृति बिसंगतिको बिरुद्ध खबरदारी गर्ने राष्ट्रिय जनमोर्चाले जनाएको छ । 

राजमो जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षता, उपाध्यक्ष पशुपती ढकालको स्वागत मन्तव्य र सचिव गोपाल पौडेलको संचालनमा सम्पन्न भेलामा राजमो प्रदेश ५ का सदस्य शेर बहादुर बि.सी., नेता सागर के.सी., नेकपा मसाल अर्घाखाँची प्रवक्ता थम्मन के.सी. लगायतले मन्तव्य राख्दै मुलुकको राष्ट्रिय राजनितिमा राष्ट्रिय जनमोर्चाले लिएको निति सफल भएको दाबी गर्दै संघियता फेल भइसकेको र पूर्ण रुपमा खारेज हुने बताउनुभएको छ । 

जनता र राष्ट्रको हित बिपरित जर्बजस्ती लादिएको संघियता बिफल नभए देशले हार्ने भन्दै उहांहरुले राष्ट्रियताको रक्षा र संघियताको खारेजीको मुद्धालाई शषक्त रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!