अर्घाखाँचीमा शनिवार ध्वनी प्रदर्शन

Posted on: 25 Dec, 2016

पुस १०, अर्घाखाँची । अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको विरुद्धमा २५ दिन देखि जारी आन्दोलनमा अर्घाखाँचीमा शनिवार दिउसो १ बजेबाट २ बजेसम्म सदरमुकाम सन्धिखर्क देखि पत्थरकोट सम्म गाडीको ध्वनी बजाएर प्रदर्शन गरिएको छ ।

देउराली यातायात व्यवसायी समिति र पश्चिम नेपाल वस व्यवसायी संघ ट्रक, ट्याक्टर, जिप, कार, भ्यान लगाएतका यातायातका साधनहरुले ध्वनी प्रदर्शन गरेका छन्  ।

ध्वनी प्रदशन कोणसभामा मन्तव्य राख्दै सङघर्ष समितीका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानले सरकारले प्रदेश नम्बर ५ लाई टुक्रयाउने गरी संशोधन प्रस्ताव पेश गरेकोमा सरकारले अर्घाखाँची बासी तथा पहाडी जिल्लाको माग नसुनेकोले सरकारले सुन्नका लागी ध्वनी प्रदर्शन गरिएको बताउनुभयो ।

भोली आईतबार दिउसो १२ बजेबाट १ बजेसम्म जनताहरु सडकमा उतार्ने र दिउसो नै १ देखी २ बजेसम्म अर्घाखाँची जिल्ला ठप्प पारिने भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!