५ नम्बर प्रदेश बचाउन अर्घाखाँची बासीले सपथ लिए

Posted on: 25 Dec, 2016

जितेन्द्र खत्री | पुस १०, अर्घाखाँची | ५ नम्बर प्रदेशलाई बचाउन अर्घाखाँची बासीहरुले सामुहिक सपथ लिएका छन ।

पाँच नम्बर प्रदेसबाट अर्घाखाँची लगायत पहाडी जिल्ला अलग्याको बिरोधमा अर्घाखाँचीमा प्रस्ताब दर्ता भएको दिन देखिनै निरन्तर रुपमा बन्द, हडताल र प्रदर्शनहरु हुदै आएका  छन ।

५ नम्बर प्रदेशलाई बचाउन अर्घाखाँचीे बासीहरुले आज दिउसो सयौ उपस्थित लाई अधिवक्ता टंकप्रसाद पोख्रेलले सपथ खुवाएका हुन । आईतबार १२ बजे देखि २ बजे सम्म दुई घण्टा अर्घाखाँचीका बजार, यातायात उद्योग धन्दा कलकारखाना समेत बन्द गरी सपथ तथा ५ नम्बर प्रदेशलाइ बचाउने ऐक्यबद्वामा जुटेका हुन्  ।

शपथ तथा ऐक्यबद्वामा जुट्नु अघि सन्धिखर्कको शान्ती बगैचाबाट प्रदर्शन सुरु मेन रोड, मिडीयाचोका, बैंकरोड ,शान्ती बगैचा हुदै स्याले बजारमा गएर शपथ तथा ऐक्यबद्वामा प्रकट गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!