निशुल्क मृगौला परिक्षण कार्यक्रम अर्घाखाँचीमा सुरुवात

Posted on: 19 Jan, 2017

माघ ६, अर्घाखाँची । पिसाव जाँचमार्फत निशुल्क मृगौला रोगको परिक्षण कार्यक्रम जिल्लामा सुरुवात गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयमा एक कार्यक्रमका बीच सो कार्यक्रमको सुरुवात गरिएको हो । सामान्य विधि मार्फत नै पिवाव परिक्षण गराएपछि मृगौला, मधुमेह लगायतका रोगहरुको पहिचान हुने भएको छ । 

जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले मृगौलामा देखिएको सामान्य समास्या पनि परिक्षणबाट पत्ता लाग्ने भएकाले यो विधिको प्रयोग गर्दा मृगौला गम्भीर अवस्थामा पुग्नबाट बच्ने बताए ।

‘मृगौला सामन्यबाट असामन्यतर्फ गरिरहेको छ भने पिसाव जाँच गराएपछि थाहा हुन्छ’ उनले भने, ‘सबैलाई पिसाव जाँच गराउनका लागि प्रचारप्रसारलाई तीब्र पार्दैछौं ।’ उनले नेपालमा मृगौला रोगको अवस्था बिक्राल बन्दै गइरहेको भन्दै सामान्य खालको यो विधिले न्यूनिकरणमा ठूलो टेवा पुग्ने बताए ।

 जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत हरिप्रसाद पन्थीले करिव एक सय जनाको पिसावमार्फत मृगौला र सुगर परिक्षण गरेका थिए । जनस्वास्थ्य अधिकृत पन्थीले केहि व्यक्तिमा मृगौला र सुगरको सामान्य समस्या देखिएपनि अधिकांशको मृगौला ठिक रहेको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!