अर्घाखाँचीमा चिसो बढेसँगै सिरकको माग बढ्यो

Posted on: 21 Jan, 2017


जितेन्द्र खत्री/माघ ८, सन्धिखर्क । अर्घाखाँचीमा चिसो बढेसँगै सरिकको माग बढेको छ । 

सन्धिखर्क नगरपालीकामा चिसो बढेसँगै नँया सिरक बनाउनुका साथै पुरानो सिरक मर्मत गर्न थालेपछि यतिबेला सिरक बनाउनेलाई भ्याई नभ्याई भईरहेको छ । अर्घाखाँचीको ठुलापोखरा गा बि स मा स्थायी घर भई लामो समय कपास उद्योगम अनुभब संगाल्नु भएका ठुलापोखराका टामलाल बन्जाडेले सन्धिखर्कको पाणीनी चोकमा करिब पन्ध्रलाखको लगानीमा अस्मिता रिसाईक्लीन तथा कपास उद्योग संचालनमा ल्याउनुभएको छ । 

उद्योगमा अहिले स्थानिय स्तरमा रहेका पुराना कपडा खरीद गरी अत्याधुनिक मेसीन द्वारा नयाँ कपास उत्पादन गरी सिरक डसना बनाई दैनिक राम्रो आम्दानी गरेको उद्योगका संचालक  बन्जाडेले बताउनु भयो । अहिले बिहान देखी बेलुका सम्म तातो सिरक डसना बनाउनेको र किन्न आउनेको संख्या निकै बढेको उहाले बताउनु भयो । २०७३ साल साउन १ गते बाट संचलन गर्नु भएको उक्त उद्योगमा अहिले १३ जना कामदारहरुलाई रोजगार समेत दिनुभएको छ । 

आधा जति तराई का छन् भने आधा अर्घाखाँचीकै कामदार रहेका छन् । उद्योग संचालन गरेदेखी निक्कै व्यस्त रहेका छु । अहिले दैनिक ४ देखी ५ हजार सम्म कमाई भएको छ । श्रीमती चम्पा बन्जाडे बताउनु भयो । 

धेरै ठाउँ डुलीयो तर अहिले आएर मात्रै यो पेसा बाट मात्रै सन्तुष्ट भएको छु । ईच्छाशक्ति भए काममा सफलता पाईन्छ टामलाल भन्नुहुन्छ । यता नुवाकोट जिल्ला बाट करिब दुई बर्ष पहिले अर्घाखाँचीमा पहिलो पटक सन्धिखर्क र चुत्राबेसीमा दुई वटा उद्योग  संचालन गरी व्यबसायीक रुपमा दाजुभाई सिरक डसना उद्योग संचालन गर्दै आउनु भएका शुक्र तामाङ्गले पनि यो पेसाबाट राम्रो आम्दानी गर्न सफल भएको बताउनुभएको छ । 

संचालक तामाङ्ग भन्नुहुन्छ बर्षातको समयमा सिरक बनाउन कम भएपनि चिसो बढे सँगै माग अत्याधिक बढिरहेको छ । उहाँका अनुसार एक जनाले दिनमा पाँचवटा सम्म सिरक मात्र सिरक बनाउन सकिन्छ । माग धेरै भएपछि अन्य काम गर्ने आफ्ना आफन्त जन उद्योमा झिकाउनुभएको छ । अर्घाखाँची सहित सन्धिखर्क नगरपालीकामा अत्याधिक जाडो बढेपछि नयाँ सिरक र पुराना सिरक स्थानियले बनाउन थालेपछि सिरक बनाउन व्यस्त भएको तामाङ्गले बताउनु भयो । 

सिरकको माग धेरै भएपछि दैनिक आम्दानी पनि राम्रो हुने गरेको बताउनु भयो । अहिले दैनिक तिन हजार सम्म आम्दानी भएको उँहाको भनाई छ । अर्घाखाँचीमा कपास उद्योग धेरै खुलेपछि उहाले अब २ वटै उद्योग पुर्वतिर लाने योजना बनाएको छु संचालक तामाङ्गले बताउनुभयो । 

चिसोका कारण एउता सिरकले मात्र रातको समयमा धेरै चिसो भएका कारणले सिरकको माग बढ्दै गएको छ । होटलमा बास बस्नेहरुका लागी पनि दुईवताका दरले सिरक व्यवस्था गरीएको होटल व्यबसायीको भनाई छ । अत्याधिक चिसोका कारण अर्घाखाँचीमा तयारी सिरक डसनाको समेत व्यापार पनि बढ्दै गएको व्यापारी हरुले बताएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!