दुबै मृगौला फेल भएका ढाकावाङ्गका बेल्बासेद्वारा सहयोगको याचना

Posted on: 17 Mar, 2017

चैत ४, अर्घाखाँची ।  दुबै मृगौला फेल भएर अहिले काठमाण्डौको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविस ८ अमलाचौरका खिम राज बेल्बासेलाई  बैदेशिक रोजगारीको रुपमा दक्षिण कोरीमा रहेका नेपालीहरुले  सहयोग गरेको छन् ।

विगत लामो समय देखि दुबै मृगौला फेल भई हाल काठमाण्डौमा उपचार रत रहेका बेल्बासेलाई अझै पनि उपचारको लागि आर्थिक अभाव भएको पिडीतकी श्रीमती बिमला बेल्बासेले जानकारी दिईन् ।

 अझै करिव ६ महिना अस्पतालमा नै बस्नुपर्ने र महिनाको करिव १ देखि डेढ लाख सम्म रकम लाग्ने भएको कारण पिडीत परिवारले सहयोगको याचन गरेका छन् ।

ढाकावाङ्ग गाविसबाट रोजगारीका लागि दक्षिण कोरिया गएका विभिन्न व्याक्तिहरुले १ लाख ४० हजार रुपैयाँ संकलन गरी नेपाल पठाइएको त्यहाँबाट राजु बन्जाडेले जानकारी दिए । 

उनको उपचारको लागि सहयोग संकलनको लागि लागेका राजेन्द्र बेल्बासेका अनुसार ३४ जना विभिन्न व्याक्तिहरुबाट संकलन गरिएको रकम पिडीतकी श्रीमतीलाई प्रदान गरिएको छ ।

यदि कुनै महानुभावले पिडीत बेल्बासेलाई सहयोग गर्न चाहेमा मोवाईल  नम्बर ९८४७९२६७३६ मा सम्पर्क गर्न सक्नुहुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!